‘मन’

बाल्यकालमै धेरै दुःख भोगेको मान्छे म।
धनको अभावमा प्रदेश पसेको मान्छे म।।
साहुको त्यो ऋण बिर्सन नसकेको मान्छे म।
चाहेर नि धन कमाउन नसकेको मान्छे म ।।

आफ्ना रहरलाई पनि थाति राखेको मान्छे म।
शोषण प्रधान समाजविरुद्ध बोल्ने मान्छे म।।
संरचना बदल्ने दृढ संकल्प लिएको मान्छे म।
नराम्रो भित्र नै सधै राम्रो विचार खोज्ने मान्छे म।।

चुनौतीहरु विरुद्ध लड्दै रमाउने मान्छे म ।
खुट्टा तान्ने तिर हेर्दै नहेरी लक्ष्य ताक्ने मान्छे म।।
रोगको विरुद्ध भिषण मोर्चामा कुँदेको मान्छे म।
अग्रजहरुको न्यानो मायाले हुर्किएको मान्छे म।।

विचारको तातो द्वन्द्वले खारिदै हिँड्ने मन छ।
कथा, व्यथा भित्रै सुन्दर संसारमा रम्ने मन छ।।
माक्र्सवादी दर्शन पथमा अझै हुर्किन मन छ।
न लोभ लालच, मिहिनेतमा रमाउन मन छ।।

अनेकौँ अदृश्य दर्द किनारा लगाउने मन छ।
मार्क्सवादी आस्थाको उर्जा पाइ रहन मन छ।।
परिवर्तनका लागि बरु शहिद बन्ने मन छ ।
रक्तक्रान्ति पथमा सधैँ गर्जंदै बढ्ने मन छ ।।

अग्रजहरुकै प्रशिक्षणले स्पात म बन्न सकुँ ।
नीति, नेतृत्व र निर्देशन पालन म गर्न सकुँ ।।
अवसरवादी र क्रान्तिकारीहरु म चिन्दै जाउँ ।
क्रान्तिपथमा काडा रोप्ने गद्धार किनारा लगाउँ ।।

(खिमराज चालिसे, चंडिगढ)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार