मूल प्रवाहका नेता प्रेम केसीको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न

हैदरबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका भुतपुर्व बैकल्पिक सदस्य तथा भुतपुर्व मध्य दक्षिण क्षेत्रीय अध्यक्ष प्रेम केसीको निधन भएको ११औं दिनका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभाको अध्यक्षता रामप्रसाद पौडेलले गर्नुभएको थियो भने सञ्चालन राजु दुलालले, प्रेम केसीको तस्बिरमा अबिर र माल्यार्पण पश्चात् २ मिनेट प्रेम केसीप्रती मौनधारण गरिएको थियो । श्रद्धाञ्जली सभामा शोक बक्तब्य प्रस्तुत गर्दै मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल प्रेम केसीको जिबनी, संगठनात्मक यात्रामा प्रेम केसीको बारे संक्षिप्तमा जानाकारी दिदै उहाँले संगठनको बिकास र बिस्तार गर्नको लागि महत्वपूर्ण भुमिका खेलेको बारे जानकारी गराउनु भयो ।

उहाँ अशक्त भैसकेको अबस्थामा पनि हरेक कार्यक्रममा उपस्थित जनाउने गर्दै आउनुभएको थियो । उहाँको सरल र सादा जीवन शैली, आस्थाप्रती प्रतिबद्धता र निरन्तर सक्रियता रहने उहाँको बानी थियो । त्यो हामी सबैका लागि उदाहरण बनेर प्रेरणा र हौसलाको लागि अमुल्य निधि बनेको छ ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य कृष्ण बहादुर थापा, केन्द्रीय प्रतिनिधि तथा मध्य दक्षिण क्षेत्रीय सचिवालय सदस्य के रतन सिंह, क्षेत्रीय समितिका सदस्य वीर बहादुर विक, मोहन लाल शर्मा, दक्षिण नगर समितिका गिरी बहादुर कार्की, रामबहादुर आले, लाल बहादुर केसी, हिरा पौडेल, तुलसी शर्मा, जुना थापा र प्रेम केसीका सुपुत्र दिपक केसी र लिला केसीले पनि श्रद्धाञ्जली मन्तब्य राख्नु भएको थियो । उहाँहरुले पनि आफ्ना पिताजीका अधुरा सपना सकार पार्न आफुहरु संगठनमा निरन्तर रुपमा लाग्ने अठोट समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार