अहिले राष्ट्र र राष्ट्रियता नै गुम्ने खतरा उत्पन्न भएको छ : केसी

  • मूल प्रवाहको छैटौं मध्य दक्षिण क्षेत्रीय सम्मेलन सम्पन्न
  • उद्घाटन शत्र

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले राष्ट्र र राष्ट्रियता नै गुम्ने खतरा उत्पन्न भएको बताउनुभएको छ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण भारतको छैठौं क्षेत्रीय सम्मेलनको उदघाटन गर्दै अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।

    उहाँले एकता समाजको ऐतिहासिक उपलब्धी बारे चर्चा गर्दै यो संगठन भारतबाट शुरु भएता पनि वर्तमानमा विश्वका धेरै देशहरुमा एकता समाज स्थापना भएको बताउनुभयो ।

    विश्वका विभिन्न देशहरुमा रहेका नेपाली एकता समाजका संगठनहरुलाई विश्व पुँजीवाद एवम् साम्राज्यवादी विरुद्ध पार्टीले प्रशिक्षित गर्दै आइरहेका उहाँले बताउनुभयो । तर अरु पार्टीमा साम्राज्यवाद विरुद्ध जनतालाई प्रशिक्षित गर्ने नीति नभएको पनि केसीले स्पष्ट पार्नुभयो ।

    केसीले मूल प्रवाहले आफ्नो गौरवमय यात्रामा विभिन्न भड्काव विरुद्ध सशक्त प्रतिवाद गर्दै स्वदेशको प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।

    सम्मेलनको उद्घाटन समारोहमा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले पनि मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, सचिवालय सदस्य धनवीर पुन मगर, मूल प्रवाह केन्द्रीय सदस्य एवम् महिला केन्द्रीय संयोजक फुलबिना पौडेल, केन्द्रीय सदस्यहरु भिम बहादुर थापा, कृष्ण बहादुर थापा, केन्द्रीय प्रतिनिधि के रनतसिंह, व्यवसायी तथा क्षेत्रीय समितिका सल्लाहकार रण बहादुर पौडेल लगाएत नेताहरुले आतित्थ्यता गर्नुभएको थियो ।

    रामप्रसाद पौडयालको अध्यक्षता तथा तिलक रानाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत रुपलाल जिएमले गर्नु भएको थियो । रक्तिमका कलाकारहरुले स्वागत मन्तव्यद्धारा स्वागत गरेका थिए ।

    घोषणा सभा,

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय समितिको छैटौँ क्षेत्रीय सम्मेलन हैदरावादमा सम्पन्न भएको छ । जुलाई १६, २०२२ शनिबारदेखि उद्घाटन र बन्दशत्र सम्पन्न भई जुलाई १७ आइतबार सम्मेलनको घोषणासभा सम्पन्न भएको हो । घोषणासभालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुभएको थियो ।

    सम्बोधनको क्रममा उहाँले मूल प्रवाहमा लागेका नेपाली मजदुरले सामाजिक काम मात्रै होइन, देशभित्र चल्ने जनतान्त्रिक आन्दोलनमा प्रत्यक्ष रूपमा सरिक भै त्यसको नेतृत्वसमेत गर्न सक्ने नेताहरू उत्पादन गरेको बताउनुभयो ।

    ‘देशको तरल राजनीतिक अवस्थामा शासकहरूले छिमेकीले जबर्जस्ती बोकाइदिएको सङ्घीयताको भारीले राष्ट्रियतामाथिको खतरा झन् खतरा बढ्दै गइरहेको छ’ उहाँले भन्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको प्रतिगमनकारी भूमिका रहिरहेकै बेला वामपन्थी शक्तिबाट पनि अहिलेको गणतन्त्रमाथि हमला भइरहेको उहाँले बताउनुभयो ।

    ‘बुर्जुवा व्यवस्था भए पनि हामीले विरोध गर्न, आलोचना गर्न, विचार राख्न त हामीले पाएका छौँ नि’ उहाँले अगाडि भन्नुभयो- ‘हिजोको पञ्चायती राजतन्त्रात्मक व्यवस्थाको तुलनामा यो व्यवस्था प्रगतिशील भएकाले हामीले यसको समर्थन गरेको हो ।’

    अध्यक्ष केसीले अब नेपालको चुनाव सर्वसाधारणले जित्नै नसकिने भइसकेको बताउनुभयो । ‘जसले पैसाको खोलो बगाउन सक्छ, चुनाव उसैको पोल्टामा पर्छ’ उहाँको भनाइ थियो ।

    सम्मेलनको घोषणा सभामा वामपन्थी नेता आनन्द शर्मा, मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय समितिका भीमबहादुर थापा, फूलबिना पौडेल, कृष्णबहादुर थापा, रनबहादुर पौडेल, भाकपा (माले) रेडस्टारका सैदुलु, नेपाली जनसम्पर्क समितिका तीर्थ कुँवर, प्रवासी नेपाली जनसमाजका प्रेम बजगाई, प्रवासी नेपाली एकता मञ्चका भीमबहादुर थापा लगायतका अतिथिहरूले बधाई मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन तिलक रानाले गर्नुभएको थियो भने अध्यक्षता रतन सिंहले गर्नुभएको थियो । गीत संगीतबाट स्वागत रक्तिम परिवार मध्यदक्षिणका कलाकारले गरेपछि शब्दबाट रामप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा केही समय पहिला निधन हुनपुगेका भूतपूर्व क्षेत्रीय अध्यक्ष प्रेम केसीकी पत्नीलाई फूलबिना पौडेलले सल ओढाएर तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले स्मृतिचिन्ह प्रदान गरिएको थियो ।

    सम्मेलनले रामप्रसाद पौडेलको अध्यक्षता २५ पूणर्, आठ वैकल्पिक र आठ सल्लाहकार सहितको ४१ सदस्यीय मूल प्रवाहको मध्यद क्षिण क्षेत्रीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष- रुपलाल जीएम (नागपुर), सचिव- तिलक राना (मध्य हैदरावाद), सहसचिव- शंकर नेपाली (उत्तर हैदरावाद) र कोषाध्यक्षमा घनश्याम शर्मा (उत्तर हैदरावाद) चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यहरुमा रतन सिंह (दक्षिण हैदरावाद), कुमार थापा (मध्य हैदरावाद), विरबहादुर विक (दक्षिण हैदरावाद) पुष्पा पौडेल (उत्तर हैदरावाद), थानबहादुर क्षेत्री (मध्य हैदरावाद) खिम बहादुर परियार (उत्तर हैदरावाद) सुर्य बहादुर थापा (उत्तर हैदरावाद), झलक पुन (मध्य हैदरावाद), चेतन शर्मा (नालगोण्डा) लालबहादुर थापा (उत्तर हैदरावाद), जीवनाथ शर्मा (उत्तर हैदरावाद), राजु दुलाल (मध्य हैदरावाद), मोहनलाल शर्मा (उत्तर हैदरावाद), कुलबहादुर रेश्मी (मध्य हैदरावाद), माया थापा (उत्तर हैदरावाद), गंगा कडायत (मध्य हैदरावाद), प्रेम विक (मध्य हैदरावाद), पुरन टण्डन (निजामावाद), विजय विष्ट (वर्धा) र एक रिक्त रहनुभएको छ ।

    यसैगरि बैकल्पिक सदस्यहरुमा इश्वर पुन (नगपुर), पर्शुराम शर्मा (उत्तर हैदरावाद), तेजेन्द्र प्रसाद शर्मा (उत्तर हैदरावाद), धन बहादुर थापा (उत्तर हैदरावाद), कृष्ण कुमारी विक (मध्य हैदरावाद), नरेन्द्र पुन (खम्मम), रामप्रसाद अधिकारी (उत्तर हैदरावाद) हुनुभएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ ।

    सल्लाहकारहरुमा शिवराज पौडेल (एल्लुर), मिन बहादुर थापा (उत्तर हैदरावाद), रन बहादुर पौडेल (दक्षिण हैदरावाद), शेरबहादुर खड्का (वर्धा), लाल बहादुर क्षेत्री (उत्तर हैदरावाद), दुर्गा प्रसाद शर्मा (विशाखापटनम), भुपाल ठाडा (दक्षिण हैदरावाद) र धन बहादुर शाही (मध्य हैदरावाद) चयनहुनुभएको छ ।

    कार्यक्रमको अन्तमा रक्तिम साँस्कृतिक अभियान मध्य दक्षिणका कलाकारहरुले वृहत रुपमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार