हरकदम साहस मिलोस चुनौती हजार आवस ।
मृत्युसँग पैठे जोरी खेल्न सक्ने हिम्मत आवस ।।
विजयको झंडा गडोस मेरो यो मृत्यु माथी पनि ।
मेघ गर्जे झै गर्जी रहु एक थोपा रगत रहे पनि ।।
मृत्यु पनि डराउँदै भागोस त्यस्तो हुंकार होस् ।
जीवन यात्रा मेरो अदम्य संघर्षको मार्ग होस् ।।
कायरता लाइ थर्काउदै जीन्दगी अगी भडोस् ।
मुठ्ठी कसेका हातले सधै न्यायको बाटो खोजोस् ।।
मृत आशाहरुमा पून अमृत वर्षा जस्तै रहोस ।
जीवन सधै संघर्षै संघर्षको इतिहास होस् ।।
नडर होस नत त्रास यस्तो जीवन गाथा होस ।
दुश्मन काप्दै भागोस र मित्र सधै साथ रहोस।।
न्याय, अधिकार, स्वतंत्रताको आवाज घन्किरहोस् ।
अत्याचारी, व्यभिचारी सधै त्रासमा थन्किरहोस् ।।
वर्ग दुश्मन त्यी काप्दै बसुन न्याय सर्वोच्च होस् ।
यी हातमा रातो झण्डा होस् मुटु कोमल रहोस् ।।
हत्या, हिसां, महंगी र लुट बिरुद्ध हुंकार होस।
यात्रा गर्विलो संगै रक्तरंजित झंडा मेरो रहोस।।
दुश्मनको किल्ला ढाल्दै न्याय सर्वत्र उर्ली रहोस।
जीवन यस्तो होस कि मृत्यु समेत थर्कमान होस।।
नदिको बेग जस्तै संघर्षको सामना गर्न सकु।।
विपद मा पनि मुस्कुराउने साहस दिन सकु।।
मृत्यु माथी विजय को झंडा फरफराउन सकु।
मृत्युशैयाबाट जीवनको परिभाषा दिन सकु।