“वर्ग विहिन समाज”

जातिगत रंगका आधार ढालौं
वर्ग बिहिन समाज निर्माण गरौं ।
रुढिवावादी कु–संस्कार विरुद्ध अब
ज्वारभाटा सरि आन्दोलन गरौं ।।
अनुशासन र सभ्यता पढाउँदै
माक्र्सवादको सिद्धान्त सिकाउँदै ।
गाउँ बस्ती जगाउँदै हिडनु छ
संसार बदल्ने त्यो ज्ञान सिकाउँदै ।।
सहभोजको खेल धेरै देख्यौं
गाईको मासु खुबाउने ला पनि देख्यौं ।
बाहुनको जनै र टुप्पी काटने
अराजक उग्रहरु भनिने देख्यौं ।।
विचारका त्यी अपरिपक्कहरु
आफै क्रान्तिकारी भनिनेलाई देख्यौं ।
ठोस परिस्थितिलाई नै नबुझी
अन्धानुकरणको राजनीति देख्यौं ।।
संरचनाहरु जसकातस छन्
भौतिक आधार क्षती भए छन् ।
मानिस बिच गहिरो भ्रम छर्दै
संरचना बचाउने होडमा छन् ।।
उता परिवर्तनका बिरोधीहरु
मन्दमन्द मुस्कुराई रहेछन् ।
यथास्थितिमा समाज देख्न उनले
परिवर्तन विरुद्ध भ्रम छरे छन् ।।
जातपात र धर्मको लागि उनी
अन्धविश्वास जगत मै छर्दै छन।
कसैको पानी नचल्ने भन्छ बरै
कपड़ा र औजार चल्छ पो भन्छन् ।।
फलफुल चल्छ तर पानी चल्दैन
कस्तो गजवको चलन म बुझ्दैन।
रातो रगत सबैको हुन्छ भन्छ
तर यो समाजले कठै किन बुझ्दैन ।।
नपाक्दै फल, मासु, तरकारी चल्ने
रक्सी, कपडा औजार नि चल्छ रे ।
घर, मठ, मंदीर बनाउन मिल्छ
बने पछि भित्र पस्न न चल्ने रे ।।
त्यसैले वर्गीय त्यी आँखाले हेरौं
जातिगत रंग बिरुद्ध संघर्ष गरौं ।
भ्रम चिर्दै नया युग बनाऔ
नयाँ जनवादको आधार तैयार गरौं ।।
रुढिवादी बिचारलाई ढालौं
अन्धविश्वास विरुद्ध अब सबै जागौं ।
सजक बनौ सतर्क बनाउँ
सामाजिक परिवेश विरुद्ध नै जागौं ।।
वर्गिय आन्दोलनको रेखा कोर्दै
चेतना जगाउँदै जनसंघर्ष गर्दै ।
विभेदकारी संस्कारला तोडदै
जनसंगठनका आधार जोडदै ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार