#जुना चालिसे (चंडीगढ़)
मूलप्रवाहको झण्डा बोकी आयौ हामी दाजूभाई ।
यसपाली नी तीजको स्वागत सबैलाई।।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ।
नेपाली भै नेपालीको पीडा बुझौं आज ।।
पद अनी कुर्सीको नगरे है कसैले लालच ।
भन्दै हिंडौ समाज सेवामा बानी बसाल ।।
प्रबासमा पसे पनि चिन्ता आफनै देशको ।
रोजगारीको समस्याले जनता बेहाल भो ।।
प्रवासमा नत ईज्जत नत मिल्छ सम्मान ।
कोठी गल्ली चौकीदारी सधै अपमान ।।
कहीले मानब तस्करी त कहीले नाम चौकीदार ।
कहीले कुरा बुझी हामी हौला होशीयार ।
कती दमन सहने हो नाम दिन्छ बफादार ।
टोचर दमन अत्याचार भाछ बारम्बार ।।
कतीकेस आऊछ यहा बन्दी बनाई राखेको।
कती केश कोठी भीत्र मान्छे मारेको ।।
नेपालीले गल्ती गरे अखबारमा छापिन्छ ।
अरुले त मान्छे मारे नि गोप्य राखिन्छ ।।
कस्ले बुझ्ने हाम्रो मर्म कस्ले कुरा सुन्ने हो ।
नेपाल सरकार कहीलेसम्म कान थुन्ने हो ।।
गारो भयो भारतमा आधार कार्ड बनाऊन ।
गारो भयो विद्यार्थीलाई यो देशमा पढाउन।।
भारती त नेपालमा सांसद बनी रमाए ।
नेपालीलाई भारतमा नोकर बनाए ।।
मञ्चबाट बफादारी भन्ने आऊछ आबाज ।
जोडदार ताली बजाई गर्छन् स्वागत ।।
सँगठीत भई नेपालीले कुरा बुझ्न पर्नी हो ।
सबै मिली भोली देशको मुहार फेर्नी हो ।।