# खिमराज चालिसे,
श्रीगंगानगर, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका आज भारत व्यापी रुपमा प्रतिनिधि सभाद्धारा पारित संशोधित नागरिकता विधेयक विरुद्ध तिखो विरोध जनाएको छ ।
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित श्रीगंगानगर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले संसोधित राष्ट्रघाती नागरिकता विधेयकले देशको राष्ट्रिय पहचानसम्म गुम्ने गम्भीर खतरा भएको बताउनु भएको छ भने महत्वपूणर् विचार राख्ने बोल्ने अन्य वक्ताहरुमा मूलप्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जिसी, नगर समितिका बिष्णु थापा, कमल खडका लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम बसन्ता नेपालीको अध्यक्षतामा तथा रेशम भन्डारी को संचालनमा सम्पन्न भएको हो भने स्वागत भाषण द्धारा स्वागत सुनिता भट्टराईले गर्नुभएको हो ।