भारत व्यापी रुपमा गुञ्जदै छ नागरिकता विधेयक विरुद्धको आवाज

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम् भारत क्षेत्रीय समितिको आयोजनामा नागरिकता विधेयक खारिजीको माग गर्दै विरोध सभा सम्पन्न भएको छ ।

क्षेत्रीय सदस्य निखिल रावतको सञ्चालन र केन्द्रीय सदस्य एवं क्षेत्रीय उपाध्यक्ष कृष्ण कँुवरको अध्यक्षतामा सम्पन्न सो बिरोध सभामा केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय सदस्य श्रीधर शर्मा, क्षेत्रीय कोषाध्यक्ष प्रविन काउछा, क्षेत्रीय महिला बिभागकी संयोजक शोभा धामी लगाएतले अतिथि आसन ग्रहण गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई क्षेत्रीय सदस्य गन बहादुर रानाले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि कार्कीले नागरिकता विधेयक नेपाल देश र नेपाली जनताको पक्षमा नरहेको भएकोले राष्ट्रघात भएको बताउनु भयो । नागरिकता विधेयकमा मार्फत देउवा सरकारले ठूलो राष्ट्रघात गरेकाले यसको विरुद्धमा देश तथा विदेशमा छरिएर रहेका सम्पूणर् देशभक्त नेपालीहरुले आन्दोलन गर्नु पर्नेमा कार्कीले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार