मस्कट । ओमन नेपाली एकता समाजको अध्यक्षमा छबिलाल बस्नेत तथा महासचिवमा शालिकराम आचार्य चयन हुनुभएको छ । जुलाई २९, २०२२ शुक्रबारका दिन राजधानी मस्कटस्थित अजैबा होटल अपार्डमेनमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले उहाँहरूसहितको केन्द्रीय समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा विष्णुप्रसाद अर्याल, द्वितीय उपाध्यक्षमा शोभाराम पुन, सचिवमा टुकबहादुर रामदाम, सहसचिवमा मनु सुनार, कोषाध्यक्षमा दीपक रम्तेल र सहकोषाध्यक्ष लक्ष्मी रायमाझी चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा यामप्रसाद पौडेल, राजु सुनार, भीमलाल गिरी, रमा बराइली, आस्मा गौतम, आकाश नेपाली, ऋता चौधरी रहनुभएको छ घने सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।
एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा पुनाराम पोख्रेल, धनु कुँवर, कृष्ण पहाडी र चुमन गिरी रहनुभएको छ ।
सम्मेलनले भानुभक्त खनाल, गौतम श्रेष्ठ र मञ्जु बानियालाई सल्लाहकारमा चयन गरेको छ ।
नेपाली दूतावास ओमनका द्वितीय सचिव सोमेस थापा प्रमुख अतिथि, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य छबिलाल बस्नेत, ओमानका सक्रिय वैचारिक सङ्गठनका प्रतिनिधि, जातीय, क्षेत्रीय सामाजिक संस्थाका प्रतिनिधिहरू अतिथि रहनुभएको सम्मेलनको सभाअध्यक्ष माया श्रेष्ठ हुनुहुन्थ्यो ।
समाज परिवर्तनका लागि आहुती दिने सहिदको सम्मानमा एक मिनेट मौनधारण, राष्ट्रियगान वाचनसँगै सभाअध्यक्षका साथै प्रमुख अतिथिबाट दीप प्रज्ज्वलन गरी अघी बढेको सम्मेलनको कार्यक्रममा रक्तिम परिवारले स्वागत गीत तथा मनु सुनारले स्वागत् मन्तब्य राख्नुभएको थियो ।
महासचिव शालिकराम आचार्यको सञ्चालनका साथ अघि बढेको कार्यक्रममा सम्मेलन संयोजक आकाश नेपालीबाट नवनिर्वाचित केन्द्रीय समितिको नामावली घोषणा भएको थियो भने सभाअध्यक्षले शपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले बधाई तथा शुभकामना दिनुभएको थियो । साथमा रक्तिम परिवार ओमनको बेजोड प्रस्तुतिले सम्मेलन
मनोमोहक बनेको थियो । एकता समाजले विगत तथा वर्तमानमा गरिरहेको सामाजिक कार्य तथा सङ्गठनको विधिविधान, कार्यशैली, कार्यनीति मन पराई एकता समाजको परिवारमा जोडिन चाहनुभएका दर्जनौँ सहयात्रीलाई कार्यक्रमकै दौरानमा सदस्यता वितरण गरिएको थियो ।
सम्मेलनको निमन्त्रणामा पाल्नुहुने प्रमुख अतिथि, अतिथिका साथै कार्यक्रमलाई सुगन्ध थप्दै तथा मनोरञ्जन दिनुहुने कलाकार, पाहुनाको स्वागत सम्मानका लागि खटिनुभएका स्वयम्सेवक तथा सम्पूर्ण समर्थक, शुभचिन्तक सहयात्री सम्पूर्णलाई एकमुष्ठ धन्यवाद दिँदै अन्तमा सभाअध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो।
कोरोना महामारीका कारण सन् २०२० को अन्तिमतिर हुनुपर्ने राष्ट्रिय सम्मेलन हाल सम्पन्न भएको हो ।