सिन्कीको भाउमा बेचिंदै छ (तिजी गित)

# जुना चालिसे (चंडिगढ)

हाम्रा गीतमा सबैबेला देशको माया झल्किन्छ,
देशका नेता बिकेका छन् आगो सल्किन्छ।

यसपाली नि गाउँछौं गीत तीजको लयमा,
माफी दिनु जनसमुदाय गल्ती भएमा।

स्वागत गर्छौं आम शोषित-पिडीत सबैलाई,
हाम्रो गितले चेतना फैलीयोस सबैलाई।

सडक, पेटी आन्दोलनमा उत्रने छौं हामी त,
सिन्कीको भाउ बेचिदैछ देशको नागरीकता ।

कहीले देश चिरा चिरा पारी राछन् बेचेर,
मनमा आक्रोश हुन्छ उनको बानी देखेर।

कहीले बेच्छौ मातृभुमी आफ्नै आमा नेपाल,
नेता भए बिदेशीका देश भो बेहाल ।

संघीयता, एमसीसी कुनै राम्रा थिएनन्,
देशलाई सुन्दर बनाउन दिदै दिएनन् ।

दलाली र भ्रष्टचारी कुर्सी मान्यौ पियारो,
बिदेशीका गुलाम नेता दैशै बिगार्यौ ।

राख्दै गयौ देशलाई जुवातासको दाउमा,
नागरिकता नि बेच्दैछौ सिन्कीको भाउमा।

सडक, पेटी तताएर उठ्नै पर्छ जनता,
अझै पनि नदेखाऊ देशलाई मौनता ।

राष्ट्रियता पनि रहँदैन प्यारो राष्ट्र नरहे,
देश बचाउने आन्दोलनमा एकजुट नभए ।

नेपालमा जनमोर्चा प्रवासमा मूल प्रवाह,
आजैदेखि सबै लागौं देशको रक्षामा ।

देशकै हितमा शब्द कोर्ने जनताको कलम,
उठ जुट देश भक्त हो लाल सलाम ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार