#विष्णु शर्मा (पाण्डेचरी)
सुन्नुहोला दिदीबहिनी सुन्नुहोला दाजुभाइ,
प्रदेशीका बेदना भन्छु सबैलाई ।
देशभित्र नहुनाले रोजगारको ब्यबस्था,
प्रदेशमा बेहाल भयो हाम्रो अबस्था।।
सरकारले ल्याउदैन रोजगारीका योजना,
संसारभरी भौतारिन्छौ देशका खजाना ।
बिदेशमा बगाउदै छौ देशमा बग्ने पसिना,
आमा बाबा परिबार छोडी मसिना।।
गासबासको जोहो गर्न हामी सिमा तरिन्छ,
चाडबाड आउछन् सधैं हाम्रो मुटु भरिन्छ ।
देशमा फुल्ने फुलहरु प्रदेशमा फुल्दैछौं,
काम मामको खोजीमा गल्ली डुल्दैछौं ।।
लालाबाला छाडी आउँदा यसै छाती छर्किन्छ,
बाबा आमा बिमार पर्दा आँसु धर्किन्छ।
नत पाइन्छ साथमा बसी स्याहार सुसार गर्नलाई,
बस्नुपर्छ नाममात्रको छोराछोरी भइ ।।
पाइदैन बालबच्चाको तोतेबोली सुनन,
नत जान पाइयो उसलाई स्कुल छोडन।
भौतारीन्छौ होटल कोठी कामको खोजीमा,
कोही समय त सौ रुपैयाँ नि हुन्न गोजीमा।।
पानी सोध्ने कोही हुँदैन परदा बिमार,
प्रदेशमा कस्ले गर्ने स्याहार सुसार ।
उपचार गराउन नी प्रमाण पत्र चाहिन्छ,
सहज रुपमा बस्न यहाँ कहाँ पाइन्छ?
कामबाट निकालिन्छ झुटा मुद्दा लाएर,
कति बस्छौं मालिकको गाली खाएर।
कतिको त जीवन लिला यही सखाप भाको छ,
हर कोहीलाई यहीँ हुन्छ कि डर लाको छ।।
सरकारलाई चासो छैन आफ्ना नागरिकको ,
गरिदिन्न खोजी उनका हक हितको ।
त्यसैले त गठन भाको मूल प्रबाह संगठन,
यसलाई हाम्ले हाम्रो अभिभावक भन्दछम् ।
यसको काम हो प्रदेशीलाइ संगठित गरने,
उसलाई पर्या समस्या सबै हरने
प्रशिक्षण लिन्छौं हामी यहीँ संघमा गएर,
फर्कने छौ स्वदेश सबै शिक्षित भएर।।
तेर्र्छयाउने छौ बन्दुक हामी हाम्लाइ प्रदेश खेद्नेलाई,
सारा युवा बिदेश धपाइ देश बेच्नेलाई ।
गुमाएका सबै कुरा हामी फिर्ता लिने छौ,
देश बेच्ने दलालका सेखी झार्ने छौ।।
।समाप्त ।