राष्ट्रघातिहरुलाई लगाऔ किनारा (तिजि गित)

#पुष्पा पौडेल (हैदरावाद)

आदरणीय दिदिबहिनी बुवाआमा दाजुभाइ,
०७९ को तिजमा स्वागत सबैलाई ।

बर्सै दिनको तिज आयो मन्मा पिर धेरै छ,
देशभित्रको कुरा सुनौ बुझौं के रैछ ।

लामो समयपछी आको देशमा गणतन्त्र,
त्यसैलाई नि मास्न यहाँ भछ षड्यन्त्र ।

त्यही षड्यन्त्रलाई रोक्न यहाँ गठबन्धन बनेको,
ठुला दल ले गरेको छैनन् भनेको ।

सत्तासीन शासखरु मनपरि गरेर
सत्ता बचाइ राख्नलाइ भ्रम पारेर ।

रास्ट्रघाती एमसिसिलाई पारित गरे ठाउँबाटै,
बिरोध भयो चारैतिर यस्को नाउँबाटै,

देशको निम्ति घातक छ दिन्न यसले चयन,
अझ अर्को राष्ट्रघातको गर्छु बयन,

साउन ६ को बिधेयकले राष्ट्रियता गुम्दैछ,
सचेत बनौं सबै जनता देश के हुँदैछ ?

बाहिर छदा राष्ट्रियता भित्र हुँदा बेवस्ता,
देशका शाशक हुँदै गय लेण्डुपे जस्ता ।

देशको बिकास गर्नेभनी सत्तामा पुगेका,
बिदेशिको अगाडि सधैं झुकेका ।

स्वाधीनताको रक्षा गर्न सबै मिली उठ्नु छ,
हातमा हात काधमा काध मिलाइ जुट्नुछ ।

आन्दोलनमा लागौं सबै मित्र बैरी चिनेर,
राष्ट्रघातीहरु सबलाई लागाऔ किनारा,

यहि सन्देश छोडदै आज यहीँ रोक्छु कलम,
अर्को पटक भेट हौला लालसलाम ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार