#रबि पौडेल (पाण्डेचरी)
घुमिफिरि तिज आयो नाच्नु गाउनु रमाउनु
दिदिबहिनी सबैलाई शुभकामना -३
बेदनाका पोकाहरु हाँसीहाँसी फुकाउनु
पिर मर्का दुःख पनि किन लुकाउनु -३
जुटेका छौं दिदिबहिनी कम्मर भाँचि नाच्ने हो
पिर मर्का दुःख सुख हाँसो बाड्ने हो- ३
पोहोर साल कोरोनाले सबलाई रुने बनायो
अहिले फेरि महङगिले रुने बनायो -३
श्रीमानको कमाई थोरै आशा धेरै पलाउँछन्
भित्रभित्रै समस्याले मनै जलाउँछन् -३
चुलोचौको सबै काम नारीले नै समाल्छौ
मौका पाए राज्यसत्ता पनि चलाउछौ -३
अधिकार खोज्नु पर्छ राजनीतिमा पसेर
सधैं भरि चुलोचौका हुन्न बसेर -३
पचास प्रसेन्ट अधिकार राजनीतिमा खोज्ने हो
समानताको बाटो खोज्न अघि बढ्ने हो -३
हकअधिकार त्यसै आउन्न लडाइँ लड्नु पर्दछ
लडाइँ जिते अधिकार हातमा आउने छ -३
नारी मुक्ति आन्दोलन लाई सार्थक पारौ हामीले
हेप्ने छैनन् त्यसपछि प्रतिगामीले -३
मिति : ५ अगस्त २०२२