#खिमराज चालिसे,
चंडिगढ । भारतको चंडिगढबाट दुई वर्षदेखि एक नेपाली वेपत्ता भएका छन् । चंडिगढ स्थित ट्रासपोर्ट कम्पनीमा कार्यरत डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका ढिलेली निवासी शंकर विक करिब दुई वर्ष अगाडिबाट सम्पर्कविहीन भएका हुुन् ।
उनको खोजीमा सहयोग गरिदिन परिवारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई आग्रह गरेको छ । गाडी चालकसँगै मुम्वई सामान पुर्याउने क्रममा राजस्थानको भिलवाडामा रहेको होटेल (ढाबा) मा खाना खाइसकेपछि विक हराएका परिवारले जानकारी दिएका छन् ।
मूल प्रवाहलाई अनिल विक (शंकरको साला) ले निवेदन दिएर सहयोग गर्न आग्रह गर्नुभएको छ । चंडिगढबाट हराएर अहिलेसम्म अज्ञात अवस्थामा रहेको हुनाले साला अनिलले दिदी र भान्जा भान्जीहरुको अवस्था निकै दयनीय रहेको बताउनु भयो ।
उनी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा अनिल विक ९१७५२८९७५२९९ मा खबर गरिदिन मूल प्रवाहले अनुरोध गरेको छ।