#खिमराज चालिसे,
जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिका भु.पु नगर अध्यक्ष मिन बहादुर बस्याललाई नगर समितिले स-सम्मान विदाइ गरेको छ ।
१९९६ मा मूल प्रवाहको सदस्यता लिएर निरन्तर सक्रियता पुर्वक संगठनको कार्य गर्दै आइरहेका बस्याल, मूल प्रवाह जालन्धर नगरको अध्यक्ष, सचिव र समताको अध्यक्षसम्म रहनु भएको थियो ।
वहाँ सक्रियता पुर्वक काम गर्ने दौरानमा हालै सम्पन्न स्थानीय निर्वाचनमा संगठनबाट खटिएर स्वदेश गृह जिल्ला प्युठान गएका राजमो प्यूठान नगरपालिका ८ बाट कार्यपालिकामा निर्विरोध मनोनीत हुनुभएको थियो ।
विदाइ समारोहमा मिन बहादुर बस्यालले आजसम्म मूल प्रवाहले दिएको जिम्मेवारी जसरी पूरा गर्दै आइरहेको बताउँदै स्वदेशमा पनि त्यसरी नै सक्रियता पुर्वक जिम्मेवारी निभाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । वहालाई मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगालेले सम्मान पत्र दिंदै १९९६ देखि संगठनमा दिएको योगदान बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम लक्ष्मण खड्काको सञ्चालनमा तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने धन बहादुर गोर्खालीले स्वागत गर्नु भएको थियो ।