#जनक पौडेल (रेशम)
पसल धेरै थाँपिए
पसल उद्घाटनको
निमन्त्रणा पाउँने हरुले
चियाको चुस्कि संगै
शुभ कामना र बधाई पनि दिए
केहि बर्ष हल्लै हल्लामा
विज्ञानै विज्ञापनमा थाँमिए
तर जव आवाश्यक
बस्तु त्यहाँ भेटिएनन्
पसल को औचित्यता पुष्टि भएन
पसलले सेवा सुविधा दिन सकेन
ग्राहक हरु आउन छोडे
हुदाँ हुदाँ त बधाई दिने पात्राहरु
आजकाल आफ्नै विराना भए।
पसल त्यसै कहाँ चल्छ
ग्राहकको लागि
आवाश्यक बस्तु चाहिन्छ
एकछिनको तडक भडक ले
हुदो रहेन्छ
नाँफा मात्र होईन घाँटा पनि
बेहर्न सक्नु पर्दो रहेछ
धेरै मुल्यका बस्तु भएर के गर्नु
टिकाऊ हुदो रहेन्छ
गरिवका झुग्गी झुपडीको
आवाश्यकता बुझ्दो रहेन्छ ।
विज्ञापन ले मात्र चल्थ्यो त पसल
विर्खेले रंग गरे कै थियो
शुरु गर्दा नयाँ बस्तु सर्वशुलभ
पनि भनेकै थियो
बिर्खेले पसल थापेको केहि बर्ष पछि
नेप्टेले पनि थापेकै थियो
चलेनन् पसल
घाँटा खायो
नाम निसानै भेटिन्न
पसलको मोह ले
खै आज भोलि कहाँ हरायो।
त्यसैले
पसल राख्नु पनि ठुलो रहेन्छ
निरन्तरता मुख्य कुरा रहेछ
रङ्गी चङ्गी बस्तुले के गर्नु
ओजिला र टिकाउँ बस्तुको
ठुलो महत्व रहेछ।