मूल प्रवाहको पहलमा अन्त्येष्टि

#खिमराज चालिसे,

हिसार । भारतको हरियाणामा दुर्घटनामा परी ज्यान गुमाएका रुपन्देहीका युवक राजु विकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको पहलमा अन्त्येष्टि गरिएको छ ।

हरियाणा राज्यको बरबालामा उनी चढेको मोटर गाईसँग ठोक्किएर दुर्घटना भएको थियो । विकको मूल प्रवाहको सक्रियतामा सोमबार अन्तमि संस्कार गरिएको हो ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ झालाका लील बहादुर विकका छोरा २८ वर्षीय राजुको आइतबार (७ अगस्त २०२२) राति दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाउने बित्तिकै मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरे, केन्द्रीय परिषद सदस्य केहर घर्तिमगर, नगर सदस्य श्याम विक लगाएतको टिम हिसार सिविल हस्पिटलमा पुगेर राजुको परिवारलाई भेट्नु भएको थियो ।

साथै उहाँहरुले राजु काम गर्ने कम्पनीका मालिकसँग पहल गरी तत्काल रु चालिस हजार सहयोग समेत दिलाउनु भएको थियो ।

राजुको आज पोस्टमार्टम पछि गरिएको अन्तिम सँस्कारमा मूल प्रवाहका नेता कार्यकर्ता, परिवार, आफन्तहरु र अन्य संघ सस्थाहरुका व्यक्तिहरुको समेत उपस्थित रहेको हिसारबाट तारा सोमरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार