दुर्घटनामा घाइते राजिवलाई मूल प्रवाहले उपचारपछि स्वदेश पठायो

रामप्रसाद पौडेल,

हैदराबाद । दुर्घटनामा परि घाइते भएका नेपाली युवा राजिव बान्तरको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उद्वार गरेको छ ।

रोजगारीको क्रममा तेलङना राज्यको कुकट्पल्लीको होटेलमा कार्यरत २७ वर्षीय राजिवको दुर्घटनामा परि कम्मर फ्याक्चर भएर घाइते भएका थिए । उनलाई उपचारपछि मूल प्रवाहले नेपाल पठाएको हो ।

सामाजका महासचिव कुलबहादुर थापाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिलाई राजिव अस्पतालमा रहेका जानकारी दिएपछि क्षेत्रीय समितिले अस्पताल पुगी उद्वार गरेको थियो ।

मूल प्रवाहका क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले घाइतेको बारेमा जानकारी लिनुका साथै, केन्द्रीय प्रतिनिधि तथा मध्य दक्षिण क्षेत्रीय सचिवालय सदस्य केरतन सिंहले गान्धी अस्पतालमा बिरामीको उपचारको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

घाइते राजिव कम्मर भाँच्चिएको हुनाले उठ्न बस्न नसक्ने अवस्थामा मूल प्रवाहले अस्पतालबाट उद्वार गरेर नेपाल पठाएको हो ।

बस र रेलमा यात्रा गर्न सक्ने अबस्था नभएपछि उनलाई एम्बुलेन्समा नेपाल पठाइएको हो । मूल प्रवाहको आग्रहमा चन्द्रकान्त भट्टराईले नेपाल पठाउन सहयोग गर्नुभएको थियो ।

एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिका रतन सिंहको नेतृत्व र चन्द्रकान्त भट्टराईको पहलकदमीमा महोत्तरी जिल्ला तत्कालीन सिङ्याही गाउँपालिका–५ का पदार्श बान्तरका छोरा राजिवलाई सोमबार नेपाल (घर) पठाइएको छ ।

राजिव (१८ जुलाई २०२२) मा छत माथिबाट खसेर कम्मर फ्याक्चर भएको अवस्थामा उपचारको लागि गान्धी अस्पतालमा पुर्याइएको थियो ।

चन्द्रकान्त भट्टराई र बिरामीका परिवारहरुले मूल प्रवाहप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार