हैदरबादको kphb मा मूल प्रवाहको समिति गठन

#रामप्रसाद पौडेल

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिद्वारा सञ्चालित उत्तर हैदराबाद नगर समिति भित्र पर्ने हैदरानगर एरिया समिति अन्तर्गत kphbमा अबस्थित रेस्टुरेन्टमा कार्यरत साथीहरूको बिचमा १६ अगस्त २०२२ का दिन एक भेला भै टोल समिति निर्माण गरिएको छ ।

चन्द्रकान्त भट्टराईको पहल तथा सक्रियतामा आयोजित भेलामा केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले भारतमा नेपालीहरुको अवस्था, मूल प्रवाहले खेलेको भुमिका र अहिलेको समसामयिक बिषयमा छलफल चलाए पछी मूल प्रवाहको सदस्यता बितरण गरिएको थियो । तत्पश्चात ७ सदस्यीय kphb टोल समिति निर्माण गरिएको छ ।

जसको अध्यक्ष चन्द्रकान्त भट्टराई, सचिब मदन गुरागाइ, कोयाध्यक्ष बिक्रम राई र सदस्यहरूमा ओमनारायण प्रधान, आशिष राई, मदन राई र दिनेश अधिकारी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार