तिजी गित

#बालिका शर्मा (कोट्टयाम)

नव वर्ष तिजको स्वाग गर्छु सबैलाई ।
सबैमिली गितगाँउ भब्य पार्नलाई ।।

आपसमा बाडौ साथि दुःख पीडा बेदना ।
माईति आगन टेक्न माईन यस्तो बेलामा ।।

माईतमानि बुढिआमा रुँदैहोलिन कुनामा ।
म छोरीको दुःख सम्झि आफ्नै पारामा ।।

गाउँ घरको एक्लो जीवन कठैमेरि आमा ।
दुःख पर्दा साथ दिने कोहि भएन ।।

प्यालीफुल फुलेहोला पारि भित्त पाखामा ।
नरोउ आमा बस्न पाईन तिम्रो काखमा ।।

बाल्यकालमा नाचेखेले त्यहि सानो आगन ।
हुर्काई बडाई पठायौ नि पराई घरमा ।।

आय आमा डोली चढि तिम्लेदेको घरमा ।
चुलो चौको गर्दैछुनि आफ्नो करिम ।।

सानि छँदा बुझिन दुःखपिडा बेदना ।
ऐले बल्ल बुझे आमा तिम्रो चाहाना ।।

स्वदेशमा पाईन आमा गाँस बास कपास ।
जीवन ज्युन गारोपर्यो छिरे प्रवास ।।

प्रवासको ठाउमा जिउन धेरै गारोछ ।
छुट्टिपनि पाईदैन काम सारोछ ।।

नारि पुरुस एकताको सँघर्षमा जुट्नुछ ।
धन्यवादको पात्र बन्न अघिबड्नुछ ।।

दास्ताको जँजिर तोड्न अघितिर बड्दैछु ।
म नारीनि कमि छैन पुरुस समान हुन खोज्दैछु ।।

आफ्नो हक अधिकार आफै ल्याउन खोज्दैछु।
मागेर पाउईन आमा लड्न जाँदैछु ।।

साथि सँगि जोडेर एकबद्व गर्दैछु ।
सर्वहारा बर्गमा समाबेश हुँदैछु ।

बन्नुछ ईतिहासकै महाँबिर नारी ।
राष्ट्रघाति दलाललाई पछि पारी ।।

अत्यचार बलत्कार धेरै गर्छन पिचाले।
असंगठित भयौं भने हेप्छ समाजले ।।

प्रवासि नेपालीको एउटै सोंच चाहाना।
लागे आमा मूल प्रवाहको झण्डा समाउन।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार