हिमाचलका विभिन्न नगरहरुमा तिजी कार्यक्रम सम्पन्न

सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमांचल राज्य समितिद्धारा संचालित सोलन नगर समितिको आयोजनामा प्रगतिशिल तीजि कार्यक्रम सम्पन्न गरिएको छ । रतन बहादुर केसीको अध्यक्षता तथा भुवन केसीको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य तथा राज्य समितिका अध्यक्ष सोभाखर पंथले व्यानर खोलेर गर्नु भएको थियो ।

रामपुर ।
यसैगरी मूल प्रवाह रामपुर नगर समिति अन्तर्गत विभिन्न स्थानमा तीजि कार्यक्रमहरु सम्पन्न भएका छन् । जस अनुसार ज्युरीक एरियामा बिमला शाहिको अध्यक्षता तथा कृष्ण क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरि दत्ता नगर एरियामा रिनादेवीको अध्यक्षता तथा विकास खत्रीको सञ्चालनमा तीजि कार्यक्रम सम्पन्न सम्पन्न भएको थियो । कार्यक्रममा नगर समितिका सचिव चिन्ता बहादुर पुनले सम्वोधन गर्नु भएको थियो ।

कुमारसेनमा हरिकला देवीको अध्यक्षता तथा सोहनलालको सञ्चालनमा तीजि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर समितिका अध्यक्ष सिताराम बुढाले सम्वोधन गर्नु भएको थियो ।

भावानगर ।
मूल प्रवाह नगर समिति भावानगरको आयोजनामा सम्पन्न प्रगतिशिल तीजि कार्यक्रम किरन दाहालको अध्यक्षता तथा बिरु श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको छ ।

मनाली ।
मूलप्रवाह मनाली नगर समितिको आयोजनामा सम्पन्न भव्य कार्यक्रम नगर अध्यक्ष साइला लामाको अध्यक्षता तथा नगर सचिव तुलबहादुर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

रिकान्पियो ।
मूल प्रवाह रिकांगपियोमा गोपाल जंग शाहिको अध्यक्षता तथा मिथुन सिंहको संचालनमा प्रगतिशिल तीजि कार्यक्रम सम्पन्न भएको छ । यहाँ एसडिएम कल्पालाई नेपालीहरुका समस्याहरू बारे अवगत गराउँदै समस्याहरू निवारणको ठोस निणर्य गरियोस भनि ज्ञापन पत्र पनि बुझाईएको जानकारी राज्य समितिका सचिव भुवन केसीले दिनु भएको छ ।

भून्तर ।
यसैगरि मूल प्रवाह भुल्तर नगर समितिको आयोजनामा तीजि कार्यक्रम सम्पन्न भएको छ । कनैयालाल चौधरीको अध्यक्षता तथा विशालको सञ्चालनमा सम्पन्न भएको छ । नगर समितिका दिनेश कुमारले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार