जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर एवं दक्षिणको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य बेलबहादुर रजालीले उद्घाटन गर्दै महिला मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसंग जोडेर लैजानु पर्ने बताउनु भयो । उहाँले प्रत्येक वर्ष मनाइने तीजि कार्यक्रमले महिलाहरुलाई समाज रुपान्तरणको दिशामा बढनु पर्ने शिक्षा दिनुपर्नेमा जोड दिनु भयो।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्रै भारतस्थित नेपालीहरुको अभिभावक भएको बताउदै नेता रजालीले भारतमा नेपालीहरुको हंक र अधिकारको लागि आवाज बुलन्द गर्ने मात्रै नभएर नेपालको राष्ट्रियता र जनजीविकासित सम्बन्धित सवालमा पनि अग्रिम पन्क्तिमा उभिएर संघर्ष गरी रहेको बताउनु भयो।
उक्त कार्यक्रमको अवसरमा लामो समयसम्म जयपुरमा संगठनका विभिन्न जिम्मेवारी वहन गर्दै आउनु भएका र हाल सधैंको लागि स्वदेश जाने तयारीमा रहनु भएका तारा प्रसाद शर्मा तथा दीपक श्रेष्ठलाई दोसल्ला ओढाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
त्यसैगरी लामो समयसम्म कलाकारिताको क्षेत्रबाट संगठनमा योगदान दिनु भएका कलाकारहरु पूनम थापा, रितु थापा, मन्जु राई, सुनिता थापालाई पनि दोसल्ला ओढाई प्रशन्सा पत्र प्रदान गरि सम्मान गरिएको थियो । बोर्ड परीक्षामा उत्कृष्ट नम्बर सहित उत्तीणर् हुने विद्यार्थीहरु रचित कुमार रजाली, पराग बस्नेत, गंगा घर्ती र ममतालाई पनि प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो।
हुमा रजालीको सञ्चालन, लक्ष्मी केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मूल प्रवाह केन्द्रीय महिला विभागबाट दीपा थापा, केन्द्रीय साँस्कृतिक बिभागबाट रिम राना, केन्द्रीय जनजाति विभागबाट ओम थापा, मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञवाली, क्षेत्रीय साँस्कृतिक बिभागबाट नारायण पौडेल, महिला विभाग क्षेत्रीय संयोजक कल्पना थापा, मूल प्रवाह रायसिंह नगर समिति कोषाध्यक्ष प्रेमा कुमारी खड्काको आतिथ्यता रहेको थियो । कार्यक्रममा चन्द्रिका बस्नेतले स्वागत मन्तब्य दिनुभएको थियो ।
भिवाडी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ।
महिला नगर विभागकी संयोजक कल्पना खड्काको अध्यक्षता र मञ्जु पोख्रेलको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य बाबुराम बस्नेत हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय सदस्य बस्नेतले नेपालको तत्कालीन राजनीतिक स्थितिको बारेमा स्पष्ट पार्नुभयो । साथै कार्यक्रम भव्य रूपमा सफल होस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्टी राई, केन्द्रीय परिषद सदस्य राम बहादुर थापा, मध्यपश्चिमोत्तर क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, नगर सदस्य किशोर राई, निमरान नगर सदस्य हुमलाल भण्डारी तथा नेपाली एकता समाज (भारत) का केन्द्रीय सदस्य भेग राज, नेपाल (भारत धौलागिरी आपतकालीन सञ्चयकोष (भिवाडी) का जीत बहादुर परियारको आतिथ्यता रहेको थियो ।
महिला विभागकी सदस्य सृष्टि राईले स्वागत गर्दै संगठनको आवश्यकता र महत्वबारे प्रकाश पार्नु भयो भने रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले स्वागत गीतबाट स्वागत गर्नुभएको थियो।
तीजि कार्यक्रम बाल्यकाल देखि रक्तिम विभागम सक्रिय र विद्यार्थी विभागकी सदस्य रानी थापालाई सैनिक पब्लिक स्कुल हरियाण बोर्डबाट कक्षा ९ मा मैरिट भएकोमा नगर समिति भिवाडीको तर्फदेखि पुरस्कृत गरिएको थियो ।
शुभकामना मन्तव्य दिने क्रममा विद्यार्थी नगर विभागका अध्यक्ष राजु खड्का, धारुहेडा एरिया समितिक अध्यक्ष ध्रुव थापा, विद्यार्थी क्षेत्रीय विभागकी सदस्य रानी थापा, महिला नगर विभागकी सदस्य यामी पन्थी, नगर खेल विभागका सदस्य अर्जुन नेपाली, नगर सदस्य डिवि राना, अमृत खड्का, नेपाली एकता समाज (भारत) केन्द्रीय सदस्य भेगराज, नेपाल-भारत धौलागिरी आपतकालीन सञ्चयकोष (भिवाडी) देखि जीत बहादुर परियार, नगर कोषाध्यक्ष किशोर राई र केन्द्रीय सदस्य कृष्टी राइ हुनुहुन्थ्यो ।
कार्यक्रमको बिच-बिचमा तीजि गीत र रक्तिमका गीतहरु प्रस्तुत गरिएको थियो ।
रेवाडी ।
एकता समाज रेवाडी नगर समिति अन्तरगत महिला विभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एकता समाजका केन्द्रीय सदस्य ज्ञान प्रसाद शर्माले भारत होस वा नेपाल सबै ठाउँमा सामाजिक समस्याहरू एउटै भएको बताउनु भयो । उहाँले परिवारमा कुल चलाउन छोराको चाहनाले कन्याभ्रुण हत्या, दाइजो प्रथा, अन्धविश्वास जस्ता आपराधिक गतिविधिरूमा सम्लित हुने नकारात्मक पक्षहरूका उदाहरण थुप्रै रहेको पनि बताउनु भयो ।
रेवाडीकी प्रसिद्ध महिला रोग विशेषज्ञ डा. सीमा मित्तलले नेपाली मातृशक्तिको सामूहिक एकता, आफ्नो कला र संस्कृतिलाई जिवन्त राख्न गरिएको प्रयासलाई बधाई दिनुभयो। उहाँले अभिभावकहरूलाई छोरीहरूलाई शिक्षा दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो- ‘म पनि छोरी हो, मेरा माता पिताले लामो संघर्ष गरेर मलाई एउटा विशेषज्ञ चिकित्सकको रूपमा स्थापित गर्नु भयो। त्यसै अनुसार छोरीहरू शिक्षित भए भने दुईवटा परिवारको उद्धार हुन्छ ।’
एकता समाज नगर समितिका सलाहकार एवं पूर्व फुटबाल प्रशिक्षक जसवन्त सिंहले बच्चाहरूलाई पढाई र खेलमा शामिल गराउ आग्रह गर्नुभयो । उहाँले इच्छाशक्ति बलियो भयो भने जस्तो सुकै परिस्थतिमा पनि सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
राजकीय विद्यालयकी संगीत प्रवक्ता संजीता यादवले सरकारी स्कूल जीवनमा संगीत र संस्कारको अन्तरसम्बन्धको बारेमा जानकारी दिनुभएको थियो । एचडीएफसी बैंक क्षेत्रीय प्रबन्धक विनोद पाण्डेको पनि आतिथ्यता रहेको थियो ।
महिला विभाग अध्यक्ष शान्ति घिमिरेको अध्यक्षता र एकता समाज नगर समिति उपाध्यक्ष विष्णु भण्डारीको सञ्चालनमा अगाडी बढेको कार्यक्रममा पुनम राजपूतले स्वागत गर्नुभएको थियो ।
क्षेत्रीय कोषाध्यक्ष तेजवीर घर्ती, नगर समितिका पदाधिकारीहरू देवेन्द्र केसी, प्रेम अधिकारी, हिमलाल अधिकारी, रुपेश रोका लगायत महिला विभागका महिलाहरुको साथ र सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
जोधपुर ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग जोधपुरको आयोजनामा २०७९ को हरीतालिका तीज भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाह जोधपुरका अध्यक्ष याम बहादुर नेपालीको अध्यक्षता खगेश्वर शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा महिला विभाग जोधपुर संयोजक सानु बस्नेतले स्वागत मन्तव्य दिनु भएको थियो ।
जोधपुरवासी नेपाली जनमानसको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा होम बहादुर गुरुङले कलाकारहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
नारनौल ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ब्यानर मुनि नगर समितिको आयोजनामा महिलाहरूको महान पर्व हरितालीका तीज बस अड्डा नजीक यादव धर्मशालामा भब्य र शानदार रूपमा सम्पन्न भएको छ ।
कौशल बहादुर सोनीको अध्यक्षता, सञ्चालन झमनसिंह थापा मगर शहीदहरूको सम्मानमा ए मिनेट मौनधारण तथा उपस्थित जनसमुदायहरूलाई पार्वती अचार्यको स्वागत मन्तव्य पछि शुरू भएको सो कार्यक्रमलाई केन्द्रीय परिषद सदस्य तथा क्षेत्रीय सदस्य श्री इश्वर आचार्यले कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा बाबुराम चुदाली, राजु शर्मा, सीमा सोनी, चन्द्र गाहा मगरले शुभ कामना मन्तब्य राख्नुभएको थियो ।
विकानेर ।
मूल प्रवाह महिला विभाग बिकानेरको आयोजनामा तीजि कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य मोहन गिरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता शान्ता देवीले गर्नुभएको थियो भने सञ्चालन मनिषा भुलले गर्नु भएको थियो ।
सो अवसरमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले संगठनको महत्वबारे प्रकाश पार्नु भएको थियो । विकानेरवासी नेपाली जनमानसको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लोक बहादुर पाण्डे, कमला पान्डे, उषा विक, सबिता शर्मा रिता केसी, अस्मिता पाण्डे थापा, मीरा भुल, सृजना पराजुली, रामप्यारी राना, सरु राना, भानु क्षेत्री, राजु विक, रामप्रसाद पोख्रेल, रामकुमार रसाली, बोम बहादुर विष्ट, पारस पराजुली, रामु राना, भोजराज पराजुली, विष्णु केसी, किशन भुल, बल बहादुर राना, श्रीप्रसाद शर्मा, विशाल अधिकारीले शुभकामना दिनु भएको थियो।