हिसारका मजदुर मूल प्रवाहमा संगठित

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुदूरपश्चिमोत्तर क्षेत्रको जहारनगरमा नेपाली मजदुरहरूलाई संगठित गरेको छ ।

मूल प्रवाह हिसार नगर समितिद्वारा सञ्चालित सिटि एरिया ‘ए’अन्तर्गत जहारनगरमा भएको भेलाले टोल समिति गठन गरेको हो ।

कार्यक्रममा मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरेले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

भेलाले किसन रसायलीको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको सचिवमा सुनिल विक, कोषाध्यक्ष कमल क्षेत्री र सदस्यहरुमा सोनु, प्रेम विक, जीवन विक, सुनिता विक, साबित्रा विक, रिता विक, कमल विक रहनुभएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ।

नवनिर्वाचित समितिलाई केन्द्रीय परिषद सदस्य केहरसिंह घर्तीमगर, क्षेत्रीय महिला विभाग सदस्य चन्द्रा सोमरे लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो।

कार्यक्रम कमला बगालेको सञ्चालनमा र कमल क्ष्रेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार