हिसारमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो सम्पन्न

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको हिसारमा वर्ष २०७९ को प्रगतिशील देउसीभैलो सम्पन्न भएको छ । कार्यक्रम मंगलबार सम्पन्न भएको हो।

मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरेले मोमबत्ती बालेर उद्घाटन गर्नु भएको सो कार्यक्रममा प्रगतिशील देउसीभैलोको महत्वबारे विभिन्न वक्ताहरुले चर्चा गर्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा मूल प्रवाह महिला क्षेत्रीय सदस्य चन्द्रा सोमरे, मूल प्रवाह इन्ड्रष्ट्रियल एरियाबाट कमला बगाले, सिटी एरियाबाट वीरसिंह पाण्डे, सिटी एरिया ‘बी’ बाट प्रेम सूर्यवंशी मगर, महिला नगर संयोजक सीता पोख्रेल, समता विभागका श्याम बहादुर विक, जनजाति विभागका मन बहादुर घर्ती मगर, मलेसिया नेपाली एकता समाज का भूपु अध्यक्ष थमन केसी, अखिल नेपाल महिला संघका सदस्य कमला केसी, विद्यार्थी संघबाट रक्षा सोमरे, रक्तिमबाट दिपा लम्तरी लगाएत हुनुहुन्थ्यो।

नगर अध्यक्ष बाबुराम पोख्रेलको अध्यक्षता तथा नारायण विकको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत कृष्ण पौड्यालले गर्नु भएको थियो ।

तिहारका अवसरमा हिसारमा मूल प्रवाहले खेलेको देउसीभैलोमा रक्तिम कलाकारहरुले तिहारसँग सम्बन्धित जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार