- भुपाल ठाडा
बादरले रुखको हाँगो हल्लाए जसरी
मूल घरको खाँबो हल्लाउथ्यो
उखेलेर फाल्न खोज्थ्यो
वल्लो पल्लो छिमेकिसित साउती माथ्र्यो
आफ्नै घरमा ह्याथु गर्दै थुक्थ्यो
र त,
अन्ततः घरबाटै निश्कासित भएको थियो
कान्छो भाई
घरवारविहीन बन्यो
बाहिर बाहिर कता-कता रन्थनियो
फेरि
मूल घरमै फर्कि आउनलाई नाक पनि भएन
रडाको मच्चाएर निस्किएको मान्छे हो
ढिलै भए पनि चेत खुलेछ क्यारे
घरवार जोड्न थालेछ
सानो घर बनाएछ
नाम फेरि दुरुस्तै मूल घरकै
खाली एउटा अक्षर मात्रै बदलेछ मोटो(श)
अझ
पारि छिमेकी गाउँमा पनि घर बनाएछ
त्यो घरको नाम पनि दुइटा शव्द मात्रै हटाएछ
अरु दुरुस्तै
हो,
त्यही घरको
सुन्दरता
गौरवता
क्रान्तिको प्रेरणा
क्रान्तिको प्रतीक
एउटा लालझण्डा
किन बदल्न सकेन होला ?
किन औधी मोह लागेको होला?
तर पनि,
कान्छो भाइ फेरि धमास दिदै बाह्र हात उफ्रिसक्यो,
भन्दैछ “मैले मूल घरको मान्छेलाई निस्कासित गरें ¤”
घरबाट निक्लिदा पातलो, ख्याउटे, सिकुटे भाइ
सायद बाहिर बाहिर हिड्दा
लाग्दै गरेको हिउदको चिसो सिरेतोले फुलिएर हो कि?
कतै पेट ढाडिएर हो कि ?
कतै ग्याष्टिकले हो कि ?
कि त साच्चै, माक्र्सवाद-लेनिनवाद-माओ विचारधाराको
बुटी मिलेरै पो हो कि
डुम्म परेको भुँडी देख्छु
साच्चै अहिले
कान्छो भाइ पुटुक्क मोटाएछ ¤
कतै बिमारी मोटोपन पो हो कि ?
शंका लाग्छ
आरोप प्रत्यारोप लगाईरहने भाइ
भोली दुश्मन शक्ति सित कुस्ती खेल्न सकेन भने
सानसँग हल्लाउँदै हिड्ने भुँडीको ईज्जत् बचाउन सकेन भने
मूल घरलाई के जवाफ दिन्छ होला ?
मलाई चिन्ता यत्ति हो
जे होस्,
साच्चै अहिले
कान्छो भाइ पुटुक्क मोटाएछ ।