कपिलवस्तुमा राजमोको चुनावी भेला सम्पन्न

केर सिंह अदै

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको चुनावी भेला वाणगंगा टेक्टर समिति हलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय सभा सदस्य राजेश विकले सम्बोधन गर्दै पाँच दलिय गठबन्धनको मूल उद्देश्य भनेको गणतन्त्रको रक्षा धर्म निरपेक्षताको रक्षा, प्रतिगमनलाई रोक्नु रहेको बताउँदै, हाम्रो एकता कार्य नीति मात्र रहेको बताए ।

अर्का विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रेदेश उपाध्यक्ष बद्रे आलामले प्रतिगमन केपी सरकारको पालादेखि नै शुरु भएको बताए ।

राष्ट्रिय जनमोर्चाले यो कुरा एकलै उठाउँदै आएको थियो र हाल ठूला दललाई पनि बुझाउन सफल भएको बताए । उहाँले पार्टीको नीति, निर्देशन पालन गरेर पाँच दलीय गठबन्धनका उम्मेदवारहरु र राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवारहरुलाई विजय बनाउन सकृय रूपमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष तथा भूमि आयोग कपिलवस्तुका अध्यक्ष शिव पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चिरञ्जीवी आचार्य, अखिल नेपाल महिला संघकी अम्बिका पौडेलले पनि मन्तव्य राख्नुभएको थियो ।

भेलाले दधिराम आचार्यको संयोजकत्वमा सात सदस्यीय मूल प्रचार प्रसार समिति गठन गरिएको छ । जसमाः मुक्ति न्यौंपाने, नर बहादुर घर्ति मगर, दिल बहादुर विक, केरसिंह अदै, विमला श्रेष्ठ र मिना पोख्रेल रहनु भएको छ ।

यसै गरी राम प्रसाद बेल्बासेको संयोजकमा पाँच सदस्यीय आर्थिक परिचालन समिति गठन गरिएको छ । जसमाः टेकपति सापकोटा, मित्रलाल भुसाल, केरसिंह पुन र मान बहादुर नेपाली रहनु भएको छ ।

यसै गरि शसि सापकोटाको संयोजकत्वमा ६१ सदस्सीय जिल्ला प्रचार प्रसार समिति गठन गरिएको छ । भेलामा पन्ध्रजनाले नयाँ सदस्यता लिएका छन् । उहाँहरुलाई प्रमुख अतिथि राजेश विक र वद्र आलमले अबिर लगाई स्वागत गर्नुभएको थियो ।

भेलाले विभिन्न क्षेत्रमा भेला गर्ने निणर्य गरेको छ । भेलाको सञ्चालन राष्ट्रिय जनमोर्चा उपाध्यक्ष राम प्रसाद बेल्बासे र स्वागत मन्तव्य मुक्ति न्यौंपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार