नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४४औं स्थापना दिवसको अवसरमा अभिनन्दन प्रकट गरेको छ । समाजका अध्यक्ष ठाकुर खनालले केन्द्रीय समितिको तर्फदेखि प्रेस वक्तव्य जारि गरि संगठन निर्माणको दौरानमा ज्यान गुमाएका कार्यकर्ताहरूलाई सम्मान प्रकट गर्नुका साथै संगठनमा सक्रिय रुपमा कार्यरत रहि योगदान दिने सबै सदस्यहरुलाई अभिनन्दन गर्नु भएको छ ।
समय समयमा विभिन्न फूटपरस्त एवं महत्वाकांक्षी तत्वहरुले आफू अनुकुल बनाउन खोजदा फूट परेता पनि संगठनका सम्पूणर् स्तरका कार्यकर्ताहरुले संगठनलाई बचाउन सफल भएको वक्तव्यमा उल्लेख छ । त्यस्तै भारत प्रवासमा रहेका नेपाली श्रमजिवीहरुको पक्षमा आफ्नो स्थापना कालदेखि नै निरन्तर कार्यरत रहेको खनालले वक्तव्यमा जोड दिनुभएको छ ।
प्रेस वक्तव्यमा भनिएको छः
“आज मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ४३औं संघर्षशिल वर्ष पार गर्दै ४४औं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कैयौं नेता कार्यकर्ताहरूको समाजप्रतिको समर्पणको भावना र समाज परिवर्तनको लागि अथक प्रयासबाट संगठनले सामाजिक राजनैतिक क्षेत्रमा इतिहास कायम गर्न सफल भएकोछ । संगठन निर्माणको दौरानमा संगठनले कैयौं नेता कार्यकर्ताहरू गुमाएको छ । यो ४४औं स्थापना दिवसको गौरवपूणर् अवसरमा वहाँहरुप्रति सम्मान प्रकट गर्दै सक्रिय रुपमा संगठनलाई अगाडि बढाउन योगदान दिने सबै सदस्यहरुलाई अभिनन्दन गर्न चाहन्छौं ।
नेपालको आर्थिक सामाजिक र राजनैतिक अवस्थाले उत्पन्न वेरोजगरीले गर्दा विदेशिन बाध्य भई भारतका विभिन्न शहरहरूमा कडा परिश्रम गरेर जिवीकोपार्जन गर्ने नेपाली श्रमिकहरूको हकहितको लागि अखिल भारतस्तर कै एउटा संगठनको आवश्यकता थियो । त्यसको लागि विभिन्न शहरबाट प्रतिनिधीत्व हुने गरि ७ नोवेम्बर १९७९ मा बनारसमा सम्पन्न भेलाले त्यो आवयकतालाई पूणर्ता प्रदान गर्दै तात्कालिन अखिल भारत नेपाली एकता समाजको स्थापना गरेको थियो । कालान्तरमा गएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रुपमा जनताको माझमा स्थापित हुन पुग्यो ।
एकता समाजको स्थापना कालमा नेपालमा निरंकुश तानाशाही पञ्चायती व्यवस्था थियो । राजनैतिक पार्टी माथी भएको प्रतिबन्धले जनता अभिव्यक्तीको स्वतन्त्रता र सामान्य मानवाधिकारबाट वञ्चित थिए । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना सामाजिक संगठनको रूपमा भएता पनि यो राजनैतिक उद्धेश्यद्वारा नै प्रेरित पनि थियो । त्यसैले नेपालमा हुने राजनैतिक विचारको चलखेल र प्रभाव रहनु स्वभविक नै हो । त्यस समयमा नेपालका अन्य राजनैतिक दलहरू प्रवासमा नेपालीहरूलाई संगठित गर्ने सवालमा उदासिन थिए, तर नेपाली एकता समाजले लिए गति र नेपालीहरू बीचको आर्कषणले गर्दा प्रवासी नेपालीहरूलाई उपेक्षा गर्ने नीति प्रतिउत्पादक हुने देखिए पछि भारतमा दुईखाले नेपालीहरूको तर्क दिई छुट्टै संगठन अखिल भारत नेपाली प्रवासी संघ निर्माणमा गरे । एकता समाजमा भएको फुट र २०४६ सालमा निंरकुश तानाशाही पञ्चायती व्यवस्थाको अन्त पछि अन्य दलका भातृ संगठनहरू गठन-पुनर्गठन समायोजन पछि अखिल भारत स्तरका अन्य संगठन अस्तित्वमा आएता पनि अखिल भारतस्तरको पहिलो संगठन रहेको गौरव मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई मात्र छ ।
नेपालको राजनैतिक, सैद्धान्तिक सांगठानिक मतभेतको प्रभावबाट एकता समाज पनि अछुतो रहन सकेन । एकता समाजको दोस्रो सम्मेलनको पूर्वार्ध १९८६ मा तात्कालित महासचिव विजय शर्मा (सिपि गजुरेल) ले संगठनलाई प्रथम पटक टुक्राए, संगठनको नाम “अखिल भारत नेपाली एकता समाज” कलकत्ता पक्ष (मौखिक मात्र) राखे, समान नाम भएको हुँदा दर्ता भने भएको थिएन । १९९० तात्कालिन महासचिव रामचन्द्र शर्माले संगठनमा पुनः विभाजन गराए, केही समयसम्म नाम समान राखेता पनि पछि कलकत्ता पक्ष विलय गराए । एउटै प्रकारका नामको कारणले जनता एवं प्रशासनमा कयौं भ्रम परिरहेको हुँदा २००२ मा हैदरावादमा सम्पन्न पाँचौं अखिल भारत सम्मेलनको निणर्यानुसार संगठनको नाम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बन्यो । २००७ मा आनन्द थापाहरूले संगठनलाई विभाजन गरि मूल प्रवाह कै नाममा केही समय भ्रम दिने काम गरे, २०१० मा पूर्व अध्यक्ष गिरधारीलाल र डिलारामहरूले मूल प्रवाह कै नाममा भ्रम छर्ने कोशिस हालै संगठनले अनुशासनको कार्यावाही गरेका केही व्यक्तीहरूले पनि आफु मूल प्रवाह नै भएको दावी गर्दै भ्रम श्रृजना गर्ने असफल प्रयास गरे । समय-समयमा संगठनको नाम र पहिचानलाई दुरूप्रयोग गरि भ्रम पारि जनतालाई गुमराह गराउने प्रयत्नलाई सचेत जनताले परास्त गरेका छन् । यसले प्रष्ट भएको छ भ्रमको खेती कहिल्यै सफल हुँदैन अन्तमा सत्यको जित भएर नै छाड्छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि अहिलेसम्मको ४३औं वर्षको गौरवमय अवधीमा प्रवासी नेपालीहरूको हक-हित, सामाजिक सुरक्षा, नेपालीहरू माथी आईपर्ने विभिन्न प्रकारका समस्या समाधानको लागि गरेको संघर्षको लामो सुचि छ । नेपालीहरूले भोग्दै आएको पहिचान-पत्रको अभावमा हुने समस्या, डोमिसाईल-इलिजीबिटी प्रमाण-पत्रको समस्या, सिमाना हुने लुटपाट, दुःख गरि कमाएको धन बैकिंग प्रणाली मार्फत पठाउने व्यवस्थाको माग, प्राइवेट सेक्टरबाट सेवानिवृत भएपछि नेपाल मै पेन्शन पाउने व्यवस्थाको माग, भारतमा हुने दुर्घटनाहरूमा नेपाल सरकारबाट विमा सुबिधाको माग, भारतमा नेपालीहरू माथी हुने दुर्वव्यहार विरूद्ध संघर्ष, दूर्घटनाहरूमा क्षतिपूर्ती, विभिन्न दैविक प्रकोपमा परेकाहरुलाई उद्धार तथा सहयोग लगायत अनेकन कार्यहरूबाट नेपालीहरूलाई सहयोग पुर्याँउनुका साथै नेपाली तथा भारतीय जनताको बिचको मित्रतालाई अगाडि बढाउने काम गर्दै आइरहेको सर्वविदितै छ ।
त्यसका साथै मूल प्रवाहले नेपाली राजनीतिमा पनि उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको छ । नेपालमा राजनैतिक गतिबिधीमाथी प्रतिवन्ध भएको अवस्थामा राजनैतिक दलहरुलाई प्लेटफार्म उपलब्ध गराउनुका साथै समय-समयमा सम्पन्न गरिएका विचार गोष्ठी तथा सैद्धान्तिक कार्यक्रमहरूले राजनैतिक दिशातय गर्न सहयोग पुर्याउँदै आएको छ । १२ मई १९८६ मा नेपालको पञ्चायती व्यवस्था विरूद्धको दिल्लीको प्रदर्शन, २०४५-०४६ सालको जनआन्दोलन, २०६२-६३ सालको महान जनआन्दोलनमा राजधानी दिल्ली लगायत भारतका अनेकौं शहरमा जुलुस प्रदर्शन तथा सभाहरू, २०४५ एवं २०७२ सालको नाकाबन्दी विरूद्धको आन्दोलन । नेपालमा राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको लागि चलेका हरेक आन्दोलनमा ऐक्यवद्धता, किसान मार्चमा सहभागीता, दन्द्वकालमा सरकारको दमन तथा माओवादीद्वारा जनता माथी गरिएका ज्यादतीहरूका विरूद्ध मानवधिकारको रक्षाको लागि सचेतता आन्दोलन, संघीयता विरूद्धको आन्दोलन, समय मै राजनैतिक गत्यावरोध हटाई संविधान जारि गर्न दबाव, २०६३ देखि नैै प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधीत्वको लागि आन्दोलन आदि कार्यहरूमा मूल प्रवाहको भूमिका उल्लेखनीय रहेको छ ।
नेपाल र नेपालीको मुक्ती बिना हामी प्रवासी नेपालीहरूका समस्याको समाधान सम्भव छैन । नेपालबाट रोजगारको लागि विदेशिनु पर्ने वाध्यको लागि नेपालमा विद्यमान अर्धसामान्ती र अर्धऔपनीवेशिक राज्यसत्ता र उसको आर्थिक, सामाजिक र राजनैतिक कारण नै जिम्मेवार छ । नेपालमा आमुल परिवर्तन बिना नेपाली जनताको मुक्ती सम्भव छैन र हामी प्रवासी नेपालीहरूको पनि । त्यसैले हामी प्रवासी नेपालीहरूको दायीत्व जनाताको बलिदानीपूणर् आन्दोलनको वलमा स्थापित गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियताको रक्षा र नेपाली जनताको मुक्तीको लागि सैद्धान्तिक एवं सांगठनिक आधारलाई झन मजबुत बनाउने कार्यलाई निरन्तरता दिंदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय परम्परालाई अगाडी बढाऔं ।
धन्यवाद ।