अनुशासनको पालना गर्न नसक्नेहरु लक्ष्यमा पुग्न र संगठनको नेतृत्व गर्न सक्दैनन् । -राम प्रसाद पौडेल

  • हैदराबादमा तिन स्थानमा मूल प्रवाहको 44 औं स्थापना दिबस
  • हैदराबाद, 7 नोवेम्बर 2022 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिती अन्तर्गत पर्ने मध्य हैदराबाद नगर समितिको आयोजनामा मूल प्रवाहको 44 औं स्थापना दिबस भव्य रूपमा सम्पन्न भएको छ।

    गुमा रानाको अध्यक्षता, दिनामणी पौडेलको सन्चालन, अतिथिहरुको आसन ग्रहण, न्याय र समानताको लागि जिवन बलीदान दिने ज्ञात-अज्ञात सहिदहरुप्रती एक मिनेट मौन धारण पश्चात कार्यक्रमा सहभागीहरूलाई ईश्वरा पौडेलले स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समितिका सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद पौडेलले सम्बोधन गर्नुभएको थियो। सम्बोधन गर्दै उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना 1979 मा 7 जनाको बिचमा गठन भएता पनि आज भारत ब्यापी रुपमा स्थापित भएको छ । यो सबै हजारौं नेता र कार्यकर्ताको खुन र पसिनाले प्राप्त भएको सफलता नै हो । यति मात्र नभएर संगठनले अन्तरास्ट्रिय रुपमा बिकास गरेर गएको छ, आज बिश्वका अधिकान्स देशमा नेपाली एकता समाज पुगेको छ र त्यहाँ नेपालीहरू माथी हुने समस्याहरुसंग संघर्ष गर्दै अगाडी बढिरहेको छ। तर जब जब संगठ्नले उचाईमा पुग्न कदम बढाइरहेको हुन्छ, तब-तब संगठनमा छदम रुपमा प्रवेश गर्न सफल भएका ब्यक्तिगत स्वार्थ र महत्वाकांक्षा बोकेका अवसरबादीहरुले विभिन्न प्रकारले भ्रम सृजना गरि संगठन ाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने दुस्प्रयास गरिरहेका हुन्छन, यो स्थापना कालदेखि आज सम्म चल्दै आएको छ। संगठनको नीति, सिद्धान्त, कार्यक्रम र योजना अनुरुप आफू नचल्ने, अनुशासनको पालना गर्न नसक्नेहरुले संगठनको लक्ष्यमा पुग्न कसरी सक्छन्, नेतृत्व कसरी गर्छन ? उनीहरूबाट त्यो सम्भावना नै छैन। अहिले आफुहरु नै मूल प्रवाह भएको घोषणा गर्नेहरूले अहिले स्थापना कालको नामाकरण राखियो । त्यसैले हामी नै असली हौं भनेर भ्रम फैलाउदै हिड्न थालेका छन । यो उनिहरुको आत्मसन्तुष्टि बाहेक केही होइन । संगठनको लक्ष्य र उद्देश्य प्राप्त गर्नको लागि सम्पुर्ण श्रमजीवी नेपालीहरु एक हुनु पर्नेमा संगठनमा फुट पार्ने अनि हामी असली हौं भन्दै हिड्ने प्रवृत्ति भने नयाँ होइन ।

    कार्यक्रममा मध्य दक्षिण क्षेत्रीय समितिका सदस्यहरू राजु दुलाल, गङा कडायत र धन बहादुर शाहीले सम्बोधन गर्नुभएको थियो।

    दक्षिण हैदराबाद
    स्थापना काल देखिनै गौरवशाली इतिहास बोकेको हाम्रो प्यारो संगठन को छविलाई धमिल्याउन खोज्नेहरू आफै पतन भएर गएको इतिहास साक्षी छ। सो कुरा दक्षिण हैदरावाद नगर समितिले आयोजना गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४४ औं स्थापना दिवशको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्ने क्रममा केन्द्रीय बैकल्पिक सदस्य कृष्णबहादुर थापाले भन्नुभएको हो।
    उहाँले अगाडि भन्नुभयो, अझै पनि फुटपरस्त तत्वहरूले विभिन्न भ्रम शृजना गरेर संगठनको बदनाम गर्न खोजिरहेकोले उनिहरूको भ्रमलाई चिर्न सम्पूर्ण नेता, कार्यकर्ता सम्झौताहिन प्रकारले संघर्ष गर्दै निरन्तर अघि बढ्न सुझाव दिनुभयो साथै मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रतिगमनकारीलाई हराएर गठबन्धनलाई जिताउन सम्पूर्ण नेता,कार्यकर्ता स्वदेश फर्कनु पर्नेमा जोड दिनुभयो।


    दक्षिण हैदरावाद नगर समितिको सचिव भुपाल ठाडामगरको सञ्चालनबाट अघि बढेको सो कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष वीर बहादुर बि.क.ले गर्नुभएको थियो । प्रमुख अतिथि केन्द्रीय बैकल्पिक सदस्य कृष्णबहादुर थापा र दक्षिण हैदराबाद नगर समितिका भु.पु.कोषाध्यक्ष पुर्ण बहादुर के.सी.को आतिथ्यता रहेको थियो। ज्ञात-अज्ञात सहिदहरू प्रति एक मिनेट मौनधारण पश्चात् आयोजक समितिबाट जुनादेवि थापाले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

    उत्तर हैदराबाद
    उत्तर हैदराबाद नगर समितिको आयोजनामा पनि 44 औं स्थापना दिबस सम्पन्न भएको छ । नगर समितिका मोहन लाल शर्माको अध्यक्षता, लाल बहादुर थापाको सन्चालनबाट अघि बढेको कार्यक्रममा तेजेन्द्र प्रसाद शर्माले स्वागत गर्नुभएको थियो। कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य तथा महिला क्षेत्रीय बिभाग की संयोजक पुस्पा पौडेल, सदस्य सुर्य बहादुर थापा, धन बहादुर थापा, नगर समितीबाट सीता थापा, कमला शर्मा, जमुना पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो।

     

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार