#खिमराज चालिसे (चंडिगढ)
कठै ! तिम्रो दृष्टिकोण!
तिमी भित्र कति स्वार्थ
लुकेको छ,
आफुले त्याग्न नसक्ने
अनि अरुलाई
त्याग गर्नुपर्छ भन्ने
कस्तो बिडम्बना?
कस्तो क्रान्तिकारी ?
आफु अगी बढने रे,
अरुलाइ अगाडि
बढन नदिने रे,
बिरोधीले भनेको
हुबहु मान्ने रे कठै !
क्रान्तिकारी सिद्धान्त
रक्षात्मक अवश्थाको
कुरा गर्छौ तिमी,
फेरी स साना
मोर्चाहरु को
पराजयमा अल्झिन्छौ,
हतास हुन्छौ,
आफुलाइ कमजोर ठान्छौ,
अरुलाइ आरोप प्रत्यारोप
लाउछौ,
आकासै खसे झै गर्छौ
यहि संरचना को नकल गर्छौ।
रक्षाकवज बन्ने,
तिम्रो अडान र दृढता
खै कता पुगेछ कुन्नि?
तिमी त संजालमा
कराँउदै छौ
दोषारोपण गर्दै,
आफ्नो काम कर्त्तव्य
भुलेर अर्कैको
देखिरहेका छौ।
संरचना विरुद्ध
संघर्ष गर्न खोज्ने
तिमी
यहि संरचना को
दलदलमा फस्दै छौ।
नेतृत्व ठिक छैन भन्छौ
नितीको विरुद्ध बोल्छौ
तर
जब पालो तिम्रो आउछ
थरथर काप्छौ,
आफुले आफ्नो ठाउ,
छोडन तैयार छैनौ,
नयालाइ आफैले
स्थान दिएर
अगाडि सार्न तैयार छैनौ,
तर फेरी डाको छोडछौ।
उ नेतृत्व मा चिपकिरह्रो
भन्ने तिमी,
एकपटक आफै परिवर्त्तन
भएर हैर त नेतृत्व को
चाप्लुसी, चाकडि गर्यौ,
चम्चा त तिमी नै थियौ,
तर अब के भयो ?
त्यतीबिती गरेर पनि
तिमी ठुलो बन्न सकेनौ,
निती, सिद्धान्त भन्दा
एक इन्च पार्टी डगेन,
तिम्रो पेवा जस्तै बनेन,
अनि कराइ रहेछौ।
छोड रिस राग, बैर,
निश्पक्ष र निस्वार्थ बन,
जनपक्षीय कार्य गर,
ढलेका किल्ला बनाउन
पहल गर,
सिद्धान्तको रक्षा गर,
जनवादको प्रयोग गर,
निर्देशन को पालन गर,
अन्याय अत्याचार,
विरुद्ध शशक्त प्रतिकार
गर,
गाउ गाउ जगाउ,
बस्तीबस्ती व्युँझाऊ,
अनुशासित बनेर ,
राष्ट्रियता जोगाउने,
धर्मनिरपेक्षता बचाउने,
स्वणीम संसार निर्माण गर्ने अभियानमा,
आउ सबै हातेमालो गरौ ।