आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नु नै आजको आवश्यकता, खनाल

बेल बहादुर रजाली

जयपुर, 19 March 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले नेपाली जनताले 2062-63 मा आन्दोलन द्वारा प्राप्त गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता जस्ता प्रमुख उपलब्धिहरुको रक्षा गर्नु नै आजको आवश्यकता भएको बताउनु भएकोछ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर तथा मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको आगामी 22-23 अप्रेल 2023 का दिन सम्पन्न हुने दशौ क्षेत्रीय सम्मेलनको तयारी स्वरूप नगर समिति जयपुर उत्तर एवं दक्षिणद्वारा आयोजित प्रचारात्मक आम सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। अगाडि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले “अहिलेको यो व्यवस्था बुजुर्वा गणतन्त्र हो। यसले बहुसंख्यक मेहनतकश वर्गको हित गर्दैन। यसको ठाँउमा नया जनवादी गणतन्त्रको स्थापना गर्नु हाम्रो लक्ष्य हो। तर राजतन्त्रको तुलनामा गणतन्त्र राम्रो वयवस्था हो। त्यसैले अहिले गणतन्त्र नै गुम्ने, राजतन्त्र फेरी फर्काउने षडयन्त्र चलिरहेको कारण गणतन्त्रलाई जोगाउनको निम्ति राजतन्त्र विरोधी तथा गणतन्त्र पक्षधर सबै शक्तिहरूसित सहकार्य गरेर अगाडि बढनु पर्ने आजको आवश्यक्ता हो” भन्नु भयो।

त्यस्तै अर्का अतिथि केन्द्रीय सदस्य बेल बहादुर रजालीले “हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बलियो वैचारिक धरातलमा उभिएको हुनाले बेला बेलामा देखा पर्ने विभिन्न भ्रमजाललाई परास्त गर्दै आज यो अवस्थामा आउन सफल भएको बताउनु भयो। “

कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रीय सदस्य मोहन गिरी, केन्द्रीय परिषद सदस्य दीपा थापा, केन्द्रीय जनजाति विभागका ओम थापा, मूल प्रवाह क्षेत्रीय सचिब नारायण ज्ञवाली, क्षेत्रीय महिला विभाग संयोजक कल्पना थापा, क्षेत्रीय सास्कृतिक विभागका नारायण पौडेल, मूल प्रवाह जयपुर दक्षिणका अध्यक्ष रिम राना हुनु हुन्थ्यो। टंक थापाको संचालन, बाबुराम थापाको अध्यक्षता पछी शुरु भएको सो कार्यक्रममा शहीदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने आगन्तुकलाई रामप्रकाश शर्माले स्वागत गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार