गुजरातको वापिमा अमेरिकी साम्राज्यवाद विरुद्ध विरोध सभा सम्पन्न

वापी, २० अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रेय समिति अन्तर्गत पर्ने वापि पश्चिम नगर समितिको आयोजनामा अमेरिकी साम्राज्यवाद विरुद्ध विरोध सभा सम्पन्न भएको छ ।

नगर समिति अध्यक्ष निखिल रावतको अध्यक्षतामा भएको सो विरोध सभामा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय समितिका सचिव एवं पश्चिम भारत क्षेत्रीय समिति अध्यक्ष वेद बहादुर कार्कीले प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय समितिका सदस्य रमकला काउछा केन्द्रीय समिति वैकल्पिक सदस्य कृष्ण कुँवर, पश्चिम भारत क्षेत्रीय समितिका कोषाध्यक्ष प्रविन काउछा, पश्चिम भारत रक्तिम संयोजक हरि सिंह काउछा, केन्द्रीय महिला बिभाग कि सदस्य विना काउछा, केन्द्रीय परिषद सदस्य तथा सुरेन्द्र राना लगायतको आतित्थ्यता रहेको थियो ।

ज्ञात-अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछी विरोध सभामा सहभागिहरुलाई नगर उपाध्यक्ष जितु ठकुल्लाले स्वागत गर्नुभएको थियो । विरोध सभामा प्रमुख अतिथिले मन्तव्य राख्दै ‘हिजो दिनमा साम्राज्यवादले प्रत्यक्षरुपमा हात हतियारको प्रयोगबाट आफ्नो बर्चस्व राख्ने गरेको थियो भने हालका दिनमा आफ्ना बिभिन्न एजन्ट मार्फत र बिभिन्न आर्थिक प्रलोभन देखाएर विश्वका बिभिन्न देशमा आफ्नो रणनीति कायम गर्दै गएको छ’ भन्नु भयो ।

अहिले हाम्रो सार्वभौम राष्ट्रमाथि पनि साम्राज्यवादले आँखा लगायको र आफ्ना एजेण्टहरू बिभिन्न रुपमा बिस्तार गरेको र अमेरिकी साम्राज्यवाद एजण्टको रुपमा रवि लामिछाने देखापरेको कार्कीको थप भनाई थियो ।

वक्ताहरुले चेतनशिल राष्ट्रवादी देशभक्त सम्पूणर् नेपाली आमा-बुबा, दाजु-भाई, दिदी-बहिनीले आ-आफ्नो स्थानबाट अमेरिकी साम्राज्यवादको भण्डाफोर गर्न र नेपालमा राष्ट्रिय जनमोर्चाले देशव्यापी चलाएको अमेरिकी साम्राज्यवादको भण्डाफोरको भन्ने अभियानलाई साथ सहयोग गर्नुहुन अपिल गर्नुभएको थियो । उपस्थिति अथितिले पनि मन्तव्य राख्नुभएको थियो । विरोध-सभाको सञ्चालन नगर समिति सचिव देवेन्द्र रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार