जिल्ला लमजुङ, साबिक चक्रतिर्थ गाउँविकास समिति वडा न ३, स्थायी बसोबास गर्ने ठाकुर बहादुर पराजुलीका ४२ बर्षिय छोरा गहुँगोरो वणर् भएका पुणर् बहादुर पराजुली रोजगारीको शिलशिलामा साथीहरूसँग हैदराबाद आएका थिए । उनी यहि २ मईका दिन नेपालबाट बसमा हैदराबाद आएका थिए तर, यहाँ आउँदा कै दिन अर्थात २ मई २०२३ कै दिन साथिहरु अर्जुन पराजुली र दिपक ढकालको कोठा हैदराबादको कुकट्पल्लीबाट निस्केका छन् ।
अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । यसभन्दा पहिले उनी करिब ९-१० बर्ष पहिले आएर गएका र यति लामो अबधी पछि अहिले आएका हुन् । उनको घरमा एउटा १७ बर्षको छोरा, श्रीमती लगायतको घरपरिवारले प्रतीक्षा गरिरहेको छ कि आफ्नो मान्छे कहिले भेटिन्छ ? यो निकै दुःखद पक्ष हो कि देशमा रोजगारको कुनै बिकल्प नपाएर मुग्लानिदै गर्दा जो कसैलाई पनि आफ्नो घर परिवार र आफन्तजनको बिछोडको पीडा खटी नसक्नु त हुन्छ नै तर के गर्ने माया, ममता र भावना भन्दा ठूलो बाध्यता हुदोरहेछ । यहि बाध्यता भित्र आफन्तको माया, ममता र सहानुभूतिलाई कैद गर्दै छट्पटाइ रहेको मन मस्तिष्कलाई कठोर पार्दै मुग्लानमा छिरिसकेपछी पनि यसरी सम्पर्क बिहिन हुनु भनेको सबैलाई पिडादायी बनाउनु हो ।
त्यसैले निज पुणर् बहादुर पराजुलीलाई फेला पार्नु हुमे महानुभाबहरुले जीबनाथ शर्मा सम्पर्क न. ७७८०७१५९४२ रामप्रसाद पौडेल सम्पर्क न. ९७०००३९३६८ या नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सम्पर्क गरिदिन हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौं ।