राष्ट्रघाती नागरिकता विधेयक खारेजीका लागि सम्पूर्ण देशभक्त जुटौं : कार्की

सचिन-सुरत, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सचिन सुरत नगरको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

ध्रव न्यौंपानेको सञ्चालन, हरि गिरीको अध्यक्षता र सविना कुँवरको स्वागत मन्तव्यबाट अघि बढेको सो सभामा र मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समिति अध्यक्ष एवं केन्द्रीय समितिका सचिव बेद बहादुर कार्कीको प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।

‘राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै देशव्यापी आन्दोलन गर्नु पर्ने आवश्यकता रहेको छ ।’ कार्किले भन्नु भयो- ‘विवादीत नागरिकता विधेक प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण जानूपूर्व हस्ताक्षर गरि प्रमाणिकरण गर्नु गम्भीर रास्ट्रघात हो ।’

राष्ट्रघाती नागरिकता विधेयक तत्काल खारेज गर्नु पर्ने र सार्वभौम सम्पन्न देशका भूमिहरुलाई आफ्ना नक्शामा उल्लेख गर्नु भारतीय साम्राज्यवादको नांगो हस्तक्षेप भएको कार्कीको भनाई थियो ।

हालै सम्पन्न भएको छैठौं क्षेत्रीय सम्मेलनको सचिन-सुरत नगरले संयुक्त आयोजनामा सन्देश सभा अगामी २ जुलाई २०२३ सम्पन्न गरिने छ । उक्त दिन विशाल साँस्कृतिक कार्यक्रम सहित दुबै नगर समिति घोषणा गर्ने कार्यक्रम रहेको जानकारी अध्यक्ष कार्कीले हामीलाई दिनु भयो । उक्त कार्यक्रम तयारीका लागि दुबै नगर समितिका सम्पूर्ण सदस्यहरुलाई जिम्मा तय गरिएको कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार