प्रचण्ड सरकारले राष्ट्रिय स्वाभिमानमाथि नै आँच पुर्‍याएको छ : पौडेल

रामप्रसाद पौडेल,

हौदराबाद, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति भित्र हैदराबाद उत्तर, हैदरावाद दक्षिण र हैदरावाद मध्यको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न भएको थियो ।

केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेको प्रमुख आतित्थ्यतामा राष्ट्रघाती नागरिकता बिधेयकको खारेजीको माग गर्दै सभा सम्पन्न भएको छ । सम्बोधन गर्दै कुनै पनि देशको राष्ट्रिय गौरब सहितको उच्च हैसियत र अधिकारको एहसास दिलाउने एकमात्र प्रमाण नागरिकता भएको पौडेलको भनाई थियो ।

‘नेपालको संबिधान २०७२ अनुसार बिदेशीहरुलाई मुख्यतः अंगीकृत नागरिकता दिने प्राबधान छ तर, बिगत लामो समयदेखि जन्मको आधारमा दिईने नागरिकताले कुनै पनि उच्च ओहोदामा पदासिन हुनको लागि योग्यता प्रदान गर्न सक्दैन ।’ पौडेलले भन्नु भयो- ‘नेपालको नागरिकता सम्बन्धि ऐनलाई भारते शंशोधन गर्न चाहन्थ्यो, त्यो कुरा अहिले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पुर्ब सन्ध्यामा राष्ट्रपतिद्वारा मोहर लागाइएको छ ।’

‘खुकुलो नीतिले जसरी महेन्द्र चौधरीले फिजिमा गएर त्यहाँको उखुको उत्पादन गर्ने निहुँमा राज्यसत्ता नै आफ्नो पोल्टामा पारेर सत्ता कब्जा गरेका थिए, त्यसरी नै नेपाललाई फिजी हुँदै सिक्किमिकरण गर्ने भारतको रणनीतिक स्वार्थ अन्तर्निहित रहेको छ ।’ उपाध्यक्ष पौडेलले भन्नु भयो- ‘प्रचण्ड सरकारले विदेशीलाई खुशी पारि राष्ट्रिय स्वाभिमानमाथि नै आँच पुर्‍याउने काम भएको छ ।’

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, सदस्य भिम बहादुर थापा, फुलबिना पौडेल, कृष्ण बहादुर थापा, मध्य दक्षिण क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा लगायतका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता बिरबहादुर बिकले र सञ्चालन मोहनलाल शर्माले गर्नुभएको थियो । अतिथिहरुको आसनग्रहण पश्चात् वीर सहिदहरुप्रती मौनधारण पश्चात राजु दुलालले स्वागत मन्तब्य राख्नुभएको थियो ।

त्यसैगरी मध्य दक्षिण क्षेत्र अन्तर्गत पर्ने नागपुर नगर समितिको आयोजनामा पनि बिरोध सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिका उपाध्यक्ष रुपलाल जिएमले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।

क्षेत्रीय सदस्य ईश्वर पुन, इन्द्रलाल जिएम, वीर बहादुर पुन लगायतका बक्ताहरुले पनि मन्तव्य दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार