राष्ट्रघाति नेता चाहिंदैन

रबि पौडेल, पाण्डेचरी

तिमी त अर्कैको गोठालो भयौ
राज्ययन्त्रमा नि घोटाला गरेउ

प्रभुले जे भन्छ उहीँ मान्छौ
यस्तै हो भने देशै खान्छौ

बिस्वास दिएर जनताले पठाए
तिमिले जनताको घाँटी अँठायौ

शुरुङ युद्द गर्ने ढोंगि किन लम्पसार पर्छौ
हजारौं सहिद परिवारको आँसु झार्छौ

धर्म अफिम भन्दै जनै काट्ने तिमी
अहिले महाकालेश्वरमा पुजा आँटेउ

कहिले भैंसी पुज्छौ कहिले माला चडाउँछौ
नेपाली जनतालाई कति झुक्याउँछौ ?

बिस्तारवाद भन्दै बिरोध गर्थेउ
अहिले उसैसित राष्ट्रघाति सम्झौता गर्छौ

सत्ता टिकाउन प्रभु मान्दै पाउ परेउ
सत्ता कै लागि राष्ट्रघाति काममा सहि ठोक्यौ

नेपाली जनता सामु बिश्वासघाति बेईमानि भयौ
भ्रमण पूर्व नै राष्ट्रियता बुझायौ

जति पटक आउँछौ भेटि चडाउँछौ
नेपाली जनतालाई जिउँदै सडाउँछौ

अति नगर खति हुन्छ
चारैतिर आलोचना हुन्छ

सरकार सञ्चालनमा लायक भएनौ
क्रान्तिकारी कुरा बेकार बनायौ

कथित जनयुद्ध बेकार भयो
गणतन्त्र नै धरापमा पर्ने भयो

खवरदार सत्ताधारि लम्पसार र भष्टाचारी
राष्ट्रघात गर्न पाईदैन राष्ट्रघाति नेता चाहिदैन ।
मिति ः०५/०६/२०२३

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार