रिकङपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रहेको रिकङपियो नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।
गोपाल जंग शाहीको अध्यक्षता एवं मिथुन सिंहको सञ्चालनबाट अगाडि बढेको सो विरोध सभामा सहभागिहरुलाई रन बहादुर तमाङ, निर्मल सिंह, तारा चन्द, रतन, नरेन्द्र राम, ओम प्रकाश, पुनी मल्ल, राम बहादुर बुढा, हरि, दिपक लगायतले मन्तव्य दिनुभएको थियो ।
वक्ताहरुले राष्ट्रपतिद्धारा प्रमाणिकरण भएको विवादित नागरिकता विधेयकले नेपाललाई सिक्किमीकरण गर्ने भएकोले त्यसलाई तत्काल खारेज गर्न जोड दिनुभएको थियो ।