मूल प्रवाहले हिमांचलबाट अलपत्र महिला र दुई बालबालिकाको उद्धार गर्यो

खिमराज चालिसे

चंडिगढ  । मूल प्रवाह हिमांचल राज्य समिती द्धारा संचालित रिकांङपिओ नगर समितिले अलपत्र अवस्थामा रहेका एक महिला र दुई बालबालीकाहरु लाइ उद्धार गरि आज स्वदेश (नेपाल) पठाएको छ।

आफनो श्रीमान जसु बोहोराले केहिदिन पहिला उनिहरुलाई हिमांचलमा छाडेर फरार भएको बताउने टिकालक्ष्मी बोहोरालाई मूल प्रवाह रिकाङपिओ नगरले विभिन्न साथिहरु संग चन्दा संकलन गरि भारु १८४३० (नेरु २९४८८) नगद र केहि लत्ताकपडाहरु समेत सहयोग गरि आज चंडिगढ बाट स्वदेश पठाएको हो ।

पिडीत महिला र बालबालीकाहरु नेपालको कर्णाली प्रदेश स्थित मुगु जिल्लाको छायानाथ गाउपालिका का रहेको थाहा लागेको राज्य समितीका नेता मिथुन सिंहले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार