विप्लव माओवादीका सदस्य राजमोमा प्रवेश

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शुक्रबार त्रिपालनगरको सामुदायिक भवनमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेनले गोविन्द परियारको अध्यक्षतामा गाउँ समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा पतेस्वरी यादव, सचिव त्रिवेणी कुर्मी, सह सचिव तारामती पासी र कोषाध्यक्षमा राम भोरोसे यादव चयन हुनुभएको छ । सदस्यहरुमा सूर्यबहादुर जिसी, भोपाल चौधरी, रामसमरे धोबी, खडेरु पासी, मनिषा कोरी, पुनम नेपाली रहनुभएको छ भने वैकल्पिक सदस्यमा हिरालाल तेली र वंशराज कोरी रहनुभएको छ ।

त्यस्तै, सम्मेलनले नागराज योगी, सुशीला चौधरी, राम सिम्रुन यादव र कमल कोरीलाई सल्लाहकार चयन गरेको छ । राजमो विजयनगरका अध्यक्ष गोविन्द परियारको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन जिल्ला सदस्य केरसिंह पुनले ब्यानर पढेर गर्नु भएको थियो ।

उद्घाटन गर्दै नेता पुनले राष्ट्रिय जनमोर्चाले सधैं देश र जनताको पक्षमा संघर्ष गर्दै आएको बताउँदै, सही नीति हुँदाहुँदै पनि जनता भ्रममा रहेको बताउनु भयो ।

यसैगरी अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा राजमो जिल्ला सल्लाहकार केरसिंह अदैले देशको राष्ट्रिय परिस्थिति एमसीसी, नागरिकता विधेयक, भष्टाचारको विरुद्ध राष्ट्रिय जनमोर्चाको संघर्षलगायतका विषयमा धारणा राख्नुभया । उहाँले राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा आजको प्रधान पक्ष रहेको बताउनु भयो ।

यस्तै, तराई मधेश जनवादी मोर्चा विजयनगरका अध्यक्ष खदेरु पासीले पनि सम्बोधन गर्नुभएको थियो । नागराज योगीको सञ्चालनमा भएको कार्यक्रममा पटेश्वरी यादवले स्वागत गर्नु भएको थियो ।

सम्मेलनको बन्दसत्रमा संगठनात्मक, आर्थिक र नयाँ नेतृत्वको बारेमा छलफल भएको थियो । नव निर्वाचित समितिको प्रथम बैठकले वडाहरुको बैठक भेला गर्ने, सदस्यता अभियान चलाउने, कार्यालय राख्ने, राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन सफल पार्नेलगायत निर्णय गरेको छ ।

सम्मेलनकै क्रममा विप्लव माओवादीका पालिका सदस्य गानी यादव उक्त पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार