सावित्रा खनाल
मूल प्रवाहको झण्डा बोकी आयो हामी एक भई
दुई हजार अस्सीको तिजमा स्वागत सबैलाई।
यसपालि नि गित गाउँछौं तिजको भाकामा
माफी माग्छौ माफी दिनु गल्ती भएमा ।
समाजमा कत्तिपनि छैन है विसंगति र विकृति ।
मिलिजुली बचाउने हो हाम्रो संस्कृति ।
भारत प्रवासको सबैको चाह मूल प्रवाह हो ।
आजैदेखि लागिपरौ अब, एकताको रक्षा गर्नु पर्ने भो ।
केनै रैछ जिन्दगीमा तेरो मेरो गर्नु परनी ।
मिलिजुली एकजुट भई संगै हिंडौंनी ।
मिलीजुली चल्ला छौँ आगेपनि चलउला ।
समाज निम्ति काम गर्दै आगे बडौला ।
प्रवासीको एउटै सोंच, एउटै हाम्रो चाहना
लागिपरौं सबै हामी मूल प्रवाहको झण्डा समाउन ।