- नविना बस्नेत (पाैडेल) चेन्नै दक्षिण
कति बस्छौं दिदीबहिनी चला चौका गरेर,
बस्नु है हुन्न अब अत्याचार सहेर ।।
न बस है दिदीबहिनी कुना पसि रुएर,
बस्नु है हुन्न अब शोषण सहेर ।।
चुला चौका छोडी अब उढनु पर्छ हामीले,
महिला मुक्ति आन्दोलनको नारा लिएर ।।
गाउँ गाउँ बस्ती पसी महिलाहरूलाई जागरुक गर्नु छ,
महिला मुक्ति आन्दोलनको नारा लिइ अघि बढनु छ ।।
महिला हिंसा बढेर सिमा नाग्न थालेछ,
ससुराले बुहारी नचिन्ने कस्तो जमाना आएछ।
बलतकारीलाई फाँसी दिने कानून बनाउनु पर्ने छ,
महिला मुक्ति आन्दोलनको नारा लई अघि बढनु छ ।।
सम्पत्तिमा बराबर हकको लागि अझै लडनु छ,
महिला मुक्ति आन्दोलनको नारा लिइ अघि बढनु छ ।।
शोषण र अत्याचारको बिरुद्ध आफै अब लडनु छ,
महिला मुक्ति आन्दोलनको नारा लिइ अघि बढनु छ ।।
सबै मिली एक जुट बनी, अब हामी लडनु छ,
महिला मुक्ति आन्दोलनको नारा लिइ अघि बढनु छ।।