विष्णु शर्मा (पाण्डेचरी)
भाइ ढोग गरे दिदी हजुर सन्चै होला भेनालाइ
बर्षदिनको तीज आयो आउछु लीनलाइ।
दिदी आशीर्वाद छ बाबु तिमलाइ आरामै छ भेनालाइ
पाउछु कि पाउदिन खै माइत आउनलाइ।।
भाइ बर्षौ भयो दिदी हजुर माइती घर नआको
धेरै भयो माइतमा दर नखाको।
दिदी फोन गरेउ मेरो बाबु खुशी लाग्यो मनमा
दिदी भन्दै पछि पछि लाग्थेउ सानोमा।।
भाइ फोन मात्र होइन दिदी लीन पनि आउनी हो
दिदी भाइले आगनीमा गीत गाउनी हो ।
दिदी माइती घर आउन मलाइ यति मन थिएन
क्यारु बाबू साहुले यहाँ बिदा दिएन।।
भाइ हजुरकै बाटो हेरी आमा सोर्गे हुनु भो
घरमा भाको रौनक सबै लिएर जानू भो।
दिदी थाहा छ बाबु घर आगन सारा शून्य भाको छ
जन्म घरको खुशीमा ग्रहण लाको छ।
भाइ झलमल्ल हुन्थ्यो घर आमा ज्युदो हुदा त
मन थाम्न गार्हो हुन्छ बाबा रुदा त।
दिदी आमा हुदा मङमगी चुलो पनि बसाउथ्यो
उहाको एक शब्दले सबलाइ हसाउथ्यो।।
भाइ आमा बिना घर पनि घर लाग्दो रैनछ
उहाँ बिना जीवन केही नी हैनछ।
दिदी मन बुझाउनु पर्ने बाबु संसारलाई हेरेर
बाबालाई राख्नु बाबु माया गरेर।।
भाइ चाडै दिदी लिइ आइज भन्नुहुन्छ बाबाले
सोधी राख्छन् दिदी सधैं गाउका सबले।
दिदी जिर्ण हुनुभाछ बाबा बिमारले गालेर
चाडैं आइज भन्नुहुन्छ फोन गरेर।।
भाइ चौबिस घण्टा बाबाले नसुकाइ पसिना
ख्वानुहुन्थ्यो चाडबाडमा मिठो मसिनो ।
दिदी त्यही दुख निस्क्यो बाबू बुढेसकालमा गएर
यो उमेरमा बस्नु पर्यो एक्लो भएर।।
भाइ दिदी आए मेटिनेथ्यो आमाको झलिको
भान्जा भान्जिलाइ माया मेरो मुटु भरिको।
दिदी बाबालाई संझाउ बाबु आउछु अर्को बर्षमा
सुनाइदिनु इस्टमित्र सबलाइ संझना।।
भाइ समस्या छ र दिदी प्रदेशको ठाउमा?
केही थाहा हुन्न दिदी यहाँ गाउमा।
दिदी प्रदेशमा छैन बाबु सोचे जस्तो घरमा
बिहान बेलुका चुलो बल्छ कामको भरमा।।
भाइ सुन्छु दिदी प्रदेशमा सुख सुबिधा हुन्छ रे
त्यहा सरकारले जनताको कुरा सुन्छ रे
दिदी आफ्नै देशमा नभएको बाहिर कहाँ हुन्थ्यो र?
सरकारले हाम्रो कुरा कहाँ सुन्थ्यो र?
भाइ त्यहा दु:ख भए दिदी आउनु बस्ने गरेर
दु:ख सुख बसौला पेट भरेर।
दिदी स्वदेशमा रोजगार बाबू सासकले दिदैन
प्रदेशमा बस्न कत्ति मन हुदैन।।
भाइ आफ्नो देशका नागरिकलाई प्रदेशमा खेदेर
देशमा भएका कलकारखाना खाए बेचेर।
दिदी देशको राज्यसत्ता गयो माफियाको हातमा
सरकार कहिल्यै भएन बाबु हाम्रो साथमा।।
भाइ सुध्रिदैन सासक दिदी सबै बिदेश बसेर
देश बनाउन आउनुस दिदी कम्मर कसेर।
दिदी मूल प्रबाह संगठनमा म आबद्ध भाकी छु
बिस्तारै दुई चार कुरा बुझ्न लाकी छु।।
भाइ सत्ता हाम्ले खोस्नुपर्छ माफियाको हातबाट
सम्भब हुन्छ प्रदेशी सबको साथबाट।
दिदी त्यसो भए फर्कन्छु म सबलाइ आह्वान गरदै
मूल प्रबाहको शिक्षाबाट अघि बढदै।।
। समाप्त।