तिजी गित : सबै हामी लागिपरौं

  • विना काउछा (वापी)

पुर्खौंदेखि हेपेका छन् हामी चेली नारीलाई
संघर्षमा जुटौं अब, हकअधिकार पाउनलाई

चुलोचौका जुठा भाँडा घरको धन्दामा
हामी चेली सोझा भै पर्यौं फन्दामा ।

फेरियोनि नियमकानुन फेरियोनि जमाना
महिला-पुरुष बराबरि हक समान ।

संविधानमा लेखिएकोछ महिला हक आएन
लिखित मात्र भए बुँदा, लागु भएन ।

किन हुन्थ्यो हत्या हिंसा कार्यान्वयन भएमा
नारीहरु मर्नुपर्ने थिएन, कानुन बनेमा ।

हामी पनि चुप नबसौं उठौं नारी एकजुट भै
यस्तै दुःख नपरोस है आउने पिडीलाई ।

एक एक मिलि दुई हुन्छ, सयौं मिली सागर
सबै मिलि बन्धन तोडौं ढिला नगर ।

किन गर्छन् नारीलाई जनावर झंै व्यवहार
महिला पुरुष मिलेर नै हो चल्ने संसार ।

देखाएका छन् नारीले नि चन्द्रमालाई छोएर
कतिन्जेल बसिरहनु हामी रोएर ।

आउन चेली डटौं अब महिला हक ल्याउनलाई
सबै हामी लागिपरौं बुर्जुवा संस्कार फाल्नलाई ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार