तिजि गित : भाषण गर्छन ठुला दलका नेताले

धर्मराज शर्मा

एमसिसि जस्तो घातक देशभित्र छिराए।
जनताका सुषासन जिम्दै जलाए।।

सदनबाट ध्वनिमतले पास उनी गराए।
साम्राज्यबाद दलाललाई भेटि चढाए।।

एमसिसिको प्रस्ताबले हाम्रो कानुन बाँझियो
नेपालको अधिकार बन्चित गर्दियो।

नेपालसरकार यसमानेमा चुईक्क बोल्न पाउदैन।
नेपालको कानुनले भ्याउदै भ्याउदैन।।

नेपालको राजस्वनि एमसिसिमा पर्दैछ।
हिसाब किताब हाम्रो हैन उस्कै हुनेछ।।

नेपालका कलकार्खाना उस्कै नाम रैदिने।
आयस्रोत राजस्वोमा माफि भैईदिने।।

नेपाली जनताले यसमानेमा बुझ्नुछ।
यस्ताखाले सम्झौता खारेज गर्नुछ।।

ठुला ठुला पर्योजनमा हातेमालो गर्नुछ।
राष्टघाति सम्झौतालाई अन्त्य गर्नुछ।

राष्टघात गरेर नेतासबै मोटाए ।
जनतालाई भर्याङ्ग बनाई कुर्चिसमाए।।

मानव तस्कर गर्नेहरु खुलियाम घुम्दैछन।
देशको कानुन ओझेलपारी आफुबन्दैछन।।

भ्रष्टचार बलत्कारलाई बुढुवा दिदैछन।
जनताको आँखामा छारो हाल्दैछन।।

सुनकान्डको हल्ला चल्यो विभिन्न सँजालमा।
तस्करिलाई आमरुपमा ल्याउनै सकेन।।

ठुला ठुला भाषण गर्छन ठुला दलका नेताले।
चुनाब आउदा पैसा दिन्छन किन्छन उनैले।।

निर्वाचनको खर्च उपर गर्नुपर्यो नेताले।
भ्रष्टचार अन्ते हुन्न जनता सचेत नभए।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार