तिजी गित : सबुत, प्रमाण काहाँ लुक्यो बरिलै

सिता पोखरेल ‘हिसार’

80 सालको यो रमाइलो तिजमा ।
छ शुभकामना हाम्रो बरिलै।।
सर्वप्रथम स्वागत गर्दछौं ।
उपस्थित मान्यजनहरु सबैलाई ।।

विदेशमा छरिएर बसेका ।
सबै जनता उठौं बरिलै ।।
मुलप्रवाहको संगठन मा जुटौं ।
मंनको बेदना पोखौं बरिलै।।

आफ्नो देशमा रोजगार नभएसी।
हामीलाई सुख काहाँ हुन्छ बरिलै।।
हाम्रो जिवन सघ्रर्षमै बित्ने भो ।
बस्नु काहाँ छर हाम्लाई ढुक्क बरिलै ।।

सबै कुरा मा अन्जान बनेर ।
चुपलागी नबसौं हामी बरिलै ।।
हामीहरुले बुझिराख्नु पर्छ ।
स्वदेशमा के के भाछ बरिलै।।

हाम्रो देशमा भस्टाचार को ।
बिग बिगी चलिराछ बरिलै।।
यसै गरी देश चलाउने ले।
पार्दैछन देश धोस्त बरिलै ।।

न यो देशमा सुरक्षा छ चेलीलाई ।
सामुहिक बलत्कार गर्छ बरिलै ।।
कति पिडा हुदो हो विचरा ।
झन उल्टै मारेर फाल्छन बरिलै।।

हत्या हिंसा बलत्कार गरेका ।
निरधक भंएर हिड्छ बरिलै ।।
ठाउँ ठाउँमा दलाली खटाउँछन् ।
निर्दोशलाई सजाए दिन्छन बरिलै ।।

हत्या हिंसा बलत्कारका दोशी ।
सबुत र प्रमाण काहाँ लुक्यो बरिलै ।।
साच्चै न्याय पाउनी भंए नारी ले ।
निर्मला काण्ड काहाँ पुगियो बरिलै ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार