तिजी गित : जातिपाती छुवाछुत

बिनु नेपाली (चंडीगढ़)

जाति पाती छुआ छुत अझै चल्ती चलन।
दलित लाइ गरींदैछ शोषण दमन।।

एकाइसौं सताव्दी मा मान्छे पुगे चन्द्रमा।
जातिवाद मौलाउदै छ हाम्रो देशमा।।

मठ मन्दिर निषेध हुन्छ दलित को नाउमा।
छोइ छिटो हराछैन अझै गाउं गाउंमा।।

धर्मको आड लिइ उचो निच भन्दछन।
दलित का चेलिहरूलाइ आंखा लगाउंछन।।

काटे रगत रातो हुन्छ सबै मानवजाति को।
सभ्य समाज बनाउन उठौं साथि हो।।

सानो ठुलो जात भनि कोइपनी नहिडौं।
जातिवाद को कलंकलाइ समाप्त गरौं।।

मान्छे ठुलो जातले हुन्न राम्रो कर्म गर्नुछ।
समांता निर्माण गरी अघि बढनु छ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार