भावनगर सुंग्रा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मातहत भावनगर सुंग्रा नगर समितिले नगर समिति अन्तर्गत निगुलसरी पहिरोले बंद रोड खोल्न खटिएकाहरुलाई सहयोग गरेको छ । बंद भएको ठाउँमा दुर्गम मार्गबाट बाध्यताले यात्रा गर्ने यात्रुहरू र रोड खोल्न लागेका कामदार, अपरेटर व सुरक्षाकर्मीलाई जलपान एवं राशनको व्यस्था गरेको छ ।
राजस्व एवं बागवानी मंत्री जगत सिंह नेगी रोड बन्द भए यता लगातार यहाँ खटी रहेका थिए ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता र सहयोगीहरूसँग फोटो साझा गरेका थिए ।
माया लामा (Everest Dhaba) गीता (HPSEBL)वीरू श्रेष्ठ परिवार, मान सिंह, रेम बहादुर र महिला समितिका कार्यकर्ताहरूले सहयोग गरेका थिए ।