जनकराज पौडेल (रेशम)
जति फुर्ती थियो कत्ति भएन
हुने कुरा पनि थिएन
सत्य सत्य नै थियो
धेरै भ्रम पर्न पर्ने पनि कुरै थिएन
विचारको भिन्नता त छदै थिएन
नियत खराव थियो
महत्वकांक्षा पूरा भएन
त्यसैले बबण्डर मच्चाईएको थियो
कृतिम आरोप गाली गलौज
अझै रोकिएन
देशको समस्या कहि कतै बोलिएन
मात्र आरोप त्यो पनि अमूक ब्यक्ति केन्द्रित
त्यसैले अरु प्रष्टभयो बुझ्न बाकि रहेन।
विचार थियो सान सम्मान थियो
जब च्युत भयो आफै वेवारिसे भयो
फरक हुन्छु भनेर कहाँ भईन्थ्यो र
त्यहाँ राजनिति चाहिन्छ
विचार र भिजन हुनु पर्छ
गाली गलौज को सिद्धान्त ले
कोहि लक्ष्यमा पुगिदैन
मन्दि छ संसारमा
सटर खोल्दैमा व्यापार हुदैन
केही ब्यक्तिको ईच्छा पुग्यो होला
तर सबैले मुक्ती पाउदैन
अझै बिग्रेको छैन फर्कै मूल घर
यस्तो चाल ले उदेश्य पूरा हुदैन।