पिनु थापा मगर
बाह्रै मासे फूलै फुल्याे,
फुलबारीकाे माझमा!
मलाई सम्झी नराेऊ आमा,
एक्लै साँझमा!!
जति रुने राेई सक्यौ,
मनकाे जलन पाेखेर!
सारा दुख गरि सक्यौ,
काँधमा बाेकेर!!
छाेराहरु जति सबै,
त्यही घरमा अटाउने!
छाेरीलाई त रुँदै रुँदै,
डाँडा कटाउने!!
कति राम्राे खेत-बारी,
कति राम्राे पँधेराे!
माइती देश सबै हाम्राे,
भयाे अँधेराे!!
चौतारीकाे भाषणमा,
नारी दिवस मनाउछन्!
घरमा गएर उसैलाई,
नौकर बनाउँछन्!!
आऊ सबै दिदी-बहिनी,
जराक जुरुक उठेर!
एउटा कुरा गरौँ अब,
सबै जुटेर!!
अब आउने बरषमा,
नौलाे तीज मनाउने!
सुख-दुख मानिसकाे,
एउटै बनाउने!!
नेपालकाे लाछी सरकर,
निकाे छैन तेराे चाल्!
राष्ट्रघाती MCC लाई,
खारेज गरि हाल्!!
चुप्प नबस् राष्ट्रघाती,
कानमा तेल हालेर!
जनताहरु उठ्छन् अब,
राँकाे बालेर!!