सबिता खनाल – बिकानेर
छोरी भई जन्मेपछि
छोड्नै पर्नै जन्म घर। मेरो आफ्नै कथा भन्छु
सबलाई नमस्कार।
दिनु भयो पराईघर
सोह्र बर्ष नहुंदै।
म छोरी लाई माइती
देश को माया बहुतै।
माइती देसको आंगनी
रुँदा रुँदै छोडेर। आउनै परो पराई
संग नाता जोडेर।
छोरि पराई हुनी भय
अर्काको घर जानलाई।
मुटु गाँठो परो आमा
माईत छोडन लाई।
गरी खान्छु कर्म घर
बस्छु इज्जत धानेर। तिम्री छोरी साहसी छ
छैन कमजोर । भाग्य भन्ने थाहा छैन
रहर मेरो तकडा। श्रीमान मेहनेती छन
हुन्न झगडा। .
नेपाल मा रोजगार छैन
जानै परो भारत,
यहा पनि शोषण दमन
न सह्रौ अबत ।
गरिबी को दलदलमा
नेपाली छौ झनझन ।
यो व्यवस्थाको घृणा
लाग्छ अझै झनझन।
आफ्नै देशमा बसै भने
खान लाउन पाइन्। अर्का को देसमा सधै
भरी इज्जत पाइन्।
सोहृ मै बिहे भयो
अठारमा बच्चा भो।
बचपन मैं बच्चा पाइयो
शरिर कच्चा भो।
आफ्ना जति टाढा टाढा
कोही पासमा थिएन। पेटै भरि खानि पनि
खर्चै थिएन।
जान पहचान
नि कोहि थिएन,
गरिबी को जमाना। गरिबीमा आफ्नैले नि
दिन्न सम्झना।
बच्चा अब ठूला भय
गरिबका दिनपनि। चालिस काटे रमाउनी
अब हाम्लेनि।
बिकानेर मा 5 बर्ष
मूल प्रवाहको कहर।
अब हाम्ले मूल प्रवाहको
किल्ला बनाउँछौं शहर।
समाज सेबि बनौ अब
सबै महिला उठौ हौ।
मूल प्रवाह को झन्डा
मुनि सबै जुटौ हौ। तिजको गित लेख्दा
लेख्दै पूरा भयो कलम। यति कै मा बिदा हुन्छौ
लाल सलाम।