मूल प्रवाहद्धारा फूलमायाँलाई आर्थिक सहयोग

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समितिले गुडगावंस्थित सेक्टर ४६ मा अलपत्र एवं विमारी अवस्थामा फेलापरेकी बर्ष ३३ फुलमाया घर्तीलाई रु. तीन हजार (३,०००/-) आर्थिक सहयोग गरेको छ ।

उनी भूमिकास्थान नगर पालिका वार्ड नं १०, आरिचौर धनचौर अर्घाखांची निवासी भीम बहादुर घर्तिकी छोरी हुन् । उनलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनाल, गुडगाव नगर अध्यक्ष रन बहादुर थापा, गोरखपुर नगर समितिका राम बहादुर गुरुङको सहजीकरणमा गुडगाव नगर समीतिका सुरज गतराज, कमल रायमाझी सैक्टर ४६ स्थित १५११ पिजिमा पुगि छानबीन गर्दा निज फुलमाया घर्तीलाई बिरामी अवस्थामा रहेको र साथमा एक छोरी र एक छोरा समेत रहेको अवस्थामा फेला परेकि थिइन् ।

उनको यो अबस्थामाबाट विमुख भई श्रीमान फरहार भएको रिपोर्ट प्राप्त भएको थियो । उनको उद्धार गरि नगर समितिका शिव थापा, सुमित्रा थापाको डेरा सेक्टर १५ मा दूई दिनसम्म राखिएको थियो । उनलाई गुडगाव नगर समितिका साथीहरू र निजका दाजु नेत्र बहादुर घर्ती कोडिनेशमा राम बहादुर गुरुङ गोरखपुरबाट रु. तीन हजार लगायत विभिन्न साथीहरुबाट प्राप्त आर्थिक अनुसार जम्मा रु. ७ हजार ६ सय प्राप्त भएको थियो । जसबाट गाडि किराया, औषधी खर्च, नास्ता लगायतका खर्च गरि बचत तीन हजरा पाँच सय नगद निज फूलमायाँ घर्तिलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार